लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको च्यारिटी डिनर नाइट भव्यताका साथ सम्पन्न भएको छ ।
गुम्बा खरितार्थ शनिबार २१ डिसेम्बर २०२४ मा अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा च्यारिटी डिनर नाइट कार्यक्रम भएको हो । कार्यक्रमको दिन बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म हल सजावट र तयारी गरिएको थियो । ४ बजेबाट पाहुनाहरुको आगमन सुरु भएको थियो ।
साढे ५ बजे प्रमुख अतिथि लन्डन बरो अफ हान्स्लोका मेयर काउन्सिलर क्यरेन स्मिथ र उनका श्रीमान् देव स्मिथ, बीसीसी यूकेका प्रमुख लामा धर्मगुरु खेन्पो शेल्नाङ साथै अन्य गुरूजनलगायत विशेष अतिथिहरुको आगमनपश्चात् कार्यक्रम संयोजजक तथा ब्रान्चका उपाध्यक्ष ईश्वर गुरुङले आपतकालीन सुरक्षासम्बन्धी सूचना सुचित गराएका थिए । त्यसपश्चात् संस्थाका आमा समूहका सचिव तथा कार्यक्रमकी सन्चालिका हेलिशा गुरूङले प्रमुख अतिथिलगायत सम्पूर्ण विशिष्ट अनि विशेष अतिथिहरुलाई आशन ग्रहण गराउनुका साथै प्रमुख अतिथि लण्डन बोरो अफ हन्स्लोका मेअर क्यरेन स्मिथ, धर्मगुरू खेन्पो शेल्नाङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरूङ, ब्रान्चका अध्यक्ष गोपाल तामाङ र आमा अध्यक्ष दिलमाया गुरुङले दीप प्रज्वलन गर्नुका साथै धर्मगुरूहरूबाट मंगलसुत्र पाठलगत्तै राष्ट्रिय धुन बजाएर कार्यक्रमलाई समुद्घान गरेका थिए ।
उपाध्यक्ष तथा कार्यक्रम संयोजक ईश्वर गुरूङले स्वागत मन्तव्य दिएका थिए भने संस्थापक अध्यक्ष काजी शेर्पा, काउन्सिलर विष्णु गुरुङ, काउन्सिल लक्ष्य गरुङ, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, बीसीसी यूके लन्डन ब्रान्चका अधछ्य गोपाल गुरुङ तथा प्रमुख अतिथिलगायत अन्य संघसंस्थाका प्रमुखहरूबाट शुभकामना मन्तव्य व्यक्त गरइकट्ठ थियो ।
गुम्बा किन्न सहयोग गरेकोमा नवा ट्रस्टीहरूलाई अध्यक्ष तथा प्रमुख अतिथिद्वारा खदा ओढाई प्रमाणपत्र वितरण गरिएको थियो | सो कार्यक्रम सन्चालनका लागि सल्लाहकार धर्म तमाङ अनी पूर्वउपाध्यक्ष राम तामाङले सहयोग गरेका थिए | अन्जु श्रेष्ठले मिठो स्वरमा धार्मिक लयको गीत गाई मनोरन्जन गराएकी थिइन् ।
तमु धीं यूकेका प्रथम महिला कमलादेवी गुरुङ, चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङ, तमु धीं लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङ, नातागोता मन्च यूका अध्यक्ष धनकाजी गुरुङ, स्याङ्जा समाज यूकेका उपाध्यक्ष होम कुमारी गुरुङ, बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, उपाध्यक्ष रबिन गुरुङ, उपाध्यक्ष क्या देव गुरुङ, महासचिव मेजर हितमान गुरुङलगायत पूर्वआमा अध्यक्ष ईन्द्र गुरुङ, वर्तमान आमा अध्यक्ष जगना गुरुङलगायत आमा समूहलगायत विभिन्न समाजका प्रतिनिधि समूहको बाक्लो उपस्थितिले सबैलाई हौसला बढाएको थियो |
गुम्बा घर खरिद गर्नका लागि केही आर्थिक सहयोग संकलन गर्न संस्थाका प्रमुख सल्लाहकार नारायणप्रसाद गुरूङ र आमा समूहका कोषाध्यक्ष सर्मिला तामाङ, अभियान गुरुङ अनी जितेश गुरुङले अति रोचक तरिकाबाट अक्सनको कार्यक्रम संचालन गरेका थिए ।
बेलुकीको खानासँगै नेपालबाट आएका चर्चित कलाकार शेखर घर्तीमगरले सांस्कृतिक नृत्य दिई भरपुर मनोरन्जन दिलाए | भिडियोग्राफर एस गुरुङ, पूजा संयोजक देवकला गुरूङ र उनको टिमले राफल ड्र कार्यक्रम प्रस्तुत गरेको थियो । त्यसपछि कार्यक्रमको अन्तसम्म डिजे सुशील गुरूङबाट नेपाली सांस्कृतिक धुन र शेखर घर्तीमगरको सांस्कृतिक नृत्यले निरन्तर मनोरन्जन दिलाइएको थियो ।
खानपिनको लागि गोर्खा दरबार धन गुरुङ, महासचिवको अभिभारा हेलिशा गुरुङले सुचारु रुपले कार्यक्रम रफ्तारमा सञ्चालन गरेकोमा कार्यक्रमलाई सफल पार्न संयोजक उपध्यक्ष ईश्वर गुरूङलगायत प्रोपर्टी म्यानेजर देव गुरूङ, पूजा संयोजक देवकला गुरूङ, कोषाध्यक्ष जगत गुरूङ, आमा अध्यक्ष दिलमाया गुरूङ, टिकेट बिक्रीमा युवा गुरुङ, सम्पूर्ण कार्यसमितिहरु, सल्लाकारलगायत सहयोग पुर्याउने सम्पूर्णलाई अध्यक्षले धन्यवादका साथै आभार व्यक्त गरेका थिए ।
अन्तमा सम्पूर्ण सहभागी सदस्यहरुमा धन्यवाद, आउने वर्ष फेरि भेट्ने आशा राख्दै नयाँ वर्षको शुभकामनासहित च्यारिटी डिनर नाइट कार्यक्रम समापन गरिएको बीसीसी यूके लन्डन ब्रान्चका प्रमुख सल्लाहकार नारायणप्रसाद गुरुङ बीईएमले जानकारी दिए ।