तनहुँको साविक थप्रेक गा. बि. स. हाल शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेक समाजका स्थानीयहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
२६ नोेभेम्बर २०२२ का दिन अल्डरसटको द प्यालेस रेष्टुरेष्टमा समाजको तेस्रो वार्षिक भेटघाट साथै पहिलो अधिवेशन सम्पन्न भएको हो । गाउँले भेटघाटले तेस्रो कार्यसमिती बिघटन गरि चौथो कार्यसमिती गठन गरेको छ । समितिको अध्यक्षमा पुनः पूर्णबिर गुरुङ चयन भएका छन् । उपाध्यक्षमा नगेन्द्र गुरुङ, सचिव मेखबहादुर गुरुङ, सहसचिवमा अस्मिता गुरुङ, कोषाध्यक्षमा ललित मल्ल र सह कोषाध्यक्षमा केशबहादुर गुरुङ चयन भएका छन् ।
कार्यक्रममा डिलु मल्लले स्वागत मन्तब्य राखेका थिए । सञ्चालन नगेन्द्र गुरुङले गरेको थिए । कार्यक्रममा सल्लाहकार मे. लोकबहादुर गुरुङ (एमभिओ), सल्लाहकार रन्जन मल्ल र खेम गुरुङले शुभकामना मन्तब्य दिएका थिए ।
आफूले पाएको जिम्मेवारी राम्रोसंग निर्वाह गर्ने शुक्लागण्डकी नगरपालिका वडा नं. १ समाज युकेका नवनिर्वाचित अध्यक्ष पूर्णबिर गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन् । बेलायत जस्तो अति व्यस्त ठाउँमा रहेर पनि समाज प्रति उत्तरदायी र समर्पण भएर कार्यक्रममा सरिक भै भब्य र सभ्य अनि सफलाता पूर्वक सम्पन्न गराउन सहयोग गर्नेलाई धन्यवाद दिए ।
तेस्रो बार्षिक भेटघाटमा विशेष उच्च शैक्षिक योग्यता हासिल गरेको, नवबिबाहित दम्पतिहरू, नोकरीको दौरानमा र सैनिकमा पदोन्नति भएको ब्याक्तित्वहरूलाई समाजको तर्फबाट बधाई र शुभकामना समेत दिएका थिए । कार्यक्रममा उपस्थित महानुभावहरुले भरपुर मनोरंजन र एक आपसमा खबरहरू आदानप्रदान गर्ने मौका मिलेको भन्दै यस बर्षको बार्षिक भेटघाट अति नै सफल भएको कुरा महसुस गरेको जनाए ।
उनले कार्यसमितिका पदाधिकारी, सल्लाहकार मे. लोकबहादुर गुरुङ (एमभिओ), र सल्लाहकार रन्जन मल्ल, सदस्यहरु, समाजलाई आर्थिक सहयोग प्रदान गर्ने दानवीर सदस्यहरु, साउण्ड सिस्टम र हल मिलाउने प्रवन्धक रिसीराम राना तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सहयोग पुर्याउने सम्पूर्ण महिला तथा सज्जन वृन्द प्रति हृदय देखि धन्यवाद व्यक्त गरेका छन् ।