ल्होसार आयो रे
ल्होसार आयो रे
गाउँदेखि सहरसम्म
स्वदेशदेखि विदेशसम्म
बालकदेखि वृद्धासम्म
महिलादेखि पुरुषसम्म !!!
ल्होसार तिमी
एक वर्गको अन्त
तर अर्को वर्गको सुरुवात हौ
त्यसैगरी
हरेक कठिनाईलाई पन्छाई
सफलता अनि खुसियालीको
शुभप्रभात हौ !!!
ए यूकेवासी तमुहरु
हाम्रो ल्होसार त
दैलोनिरै आइपुग्यो रे
यसपाली त
लन्डनको सजिसजाउ तमु घरमा
ल्होसारलाई स्वागत गर्ने रे !!!
त्यस कार्यक्रमलाई
भव्य अनि सभ्य बनाउन
मातृभूमि नेपालबाट
राष्ट्रिय तथा तमु कलाकारहरु
आउने रे
हामी सबै तमुहरुले उहाँहरुलाई
फूलमाला अनि खादाले
स्वागत गर्ने रे
प्रतिउत्तरमा उहाँहरुले
गीत संगीत र नृत्यको माध्यमले
धन्यवाद भन्ने रे !!!
त्यो माहोल विशेष हुनेछ
त्यो माहोल मनोरन्जक
अनि आत्मीय हुनेछ
यूकेवासी सबै तमुहरु
हातेमालो गरी एक हुनेछ
जुन एकताको आवाज
दुनियाँले सुन्नेछ !!!
त्यसैले हामी सबै तमुहरु
यसो उसो तल्लो माथिल्लो नभनी
ल्होसार मेलामा जाउँ
आफ्नै पाराले
नाचौ गाउँ र रमाउ !!!!
अल्डरसटका बाजेबज्यैहरु
त्यो ल्होसारमा आउनु है
आशीर्वाद लिनु छ
रिडिङका सोल्टी सोल्टिनीहरु
त्यो ल्होसारमा आउनु है
माया पिरतीका भाकामा रम्नु छ
केन्टका बाबा आमाहरु
त्यो ल्होसारमा आउनु है
एक सहाराको अनुभूति गर्नु छ
प्लमस्टिडका भान्जा भान्जीहरु
त्यो ल्होसारमा आउनु है
हाम्रो तमु संस्कृति देख्नु र सिक्नु छ !!!
त्यसैले त्यो ल्होसारको दिनमा
सबै यूकेवासी तमुहरु
तमु भेषभुषामा चट्ट परेर
खुसी भएर आउनु है
आयोजक कमिटी तपाईंहरुको प्रतिक्षामा
फूलमाला लिएर गेटमा कुरिरहेका छन् !!!!
ल्होसार बे आशिमलाँ
ल्होसारको शुभकामना
ह्याप्पी ल्होसार