लन्डन । तमु धीं यूकेको आयोजनामा हुने तमु ल्होछार तथा रजत महोत्सवको तयारी बारे बैठक सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा जुममार्फत बसेको बैठकले हालसम्मको तयारी र अब गर्नुपर्ने कामबारे छलफल सहित विभिन्न निर्णय गरेको छ । तीव्र गतिमा ल्होसार तथा रजत महोत्सवको तयारी भइरहेको बैठकमा जानकारी गराइएको थियो ।
ल्होछार संयोजक तथा संस्थाका उपाध्यक्ष कमल गुरुङले बैठक सञ्चालन गरेका थिए । स्वागत मन्तव्य मूल समितिका कोअर्डिनेटर तथा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले राखेका थिए । त्यसपछि विभिन्न उपसमितिका कोअर्डिनेटरहरूले आफ्नो समितको प्रगति र अपडेटबारे भांग्रा समितिका रामचन्द्र गुरुङले जानकारी गराएका थिए ।
स्पोन्सरका बारेमा दिलरास गुरुङले जानकारी गराए । तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङले खानाको एकदमै राम्रो प्रबन्ध गरिने बताए । यातायातबारे संस्थाका सल्लाहकार शान्त गुरुङले हरेक ठाउँठाउँमा बस उपलब्ध गराउने जनाए । भांग्रा र कल सेन्टरबारे पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, कल्चर सेक्रेटरी साधुराम गुरुङले कलाकारको भिसाबारे जानकारी गराए । आश्रम गुरुङले भिसा पाइसकेको र अन्यले चाँडै पाउने उनले बताए ।
मिडियाको बारेमा एसके कुमार गुुरुङ, एकेन्द्र गुरुङले पनि बुलेटिनको तयारीबारे अपडेट गराउँदै फोटो नदिनेहरूलाई फोटो उपलब्ध गराउन अनुरोध गरेका थिए ।
गेस्ट संयोजक तथा उपाध्यक्ष पर्शुराम गुरुङले गेस्टको व्यवस्थापनबारे, हल डेकुरेसनबारे मेन संयोजक तमु धींको लन्डन इकाईका अध्यक्ष भरत गुरुङ र संयोजक ले. कुशन गुरुङले जानकारी गराएका थिए ।
यसैगरी, कोषाध्यक्ष दिलमाया गुरुङले आयव्यको अवस्था तथा टिकट तथा राफलबारेको प्रगति, साउन्ड-म्युजिक संयोजक तथा सल्लाहकार सपन राईले साउन्ड तथा म्युजिकबारे, सुरक्षाबारे यसका संयोजक सल्लाहकार ले. मुक्तिजङ गुरुङले अपडेट गराएका थिए ।
यस्तै, सहजीकरण तथा एप्रिसिएसनबारेमा यस उपसमिति संयोजक तथा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफलबारे संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारबारे लन्डन इकाई अध्यक्ष तथा कार पार्किङबारे पनि लन्डन इकाईका अध्यक्ष भरत गुरुङले जानकारी गराएका थिए । सबैले तयारी व्यापक बनेको जनाएका थिए ।
हालसम्मका हरेक कार्यक्रममा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तमुहरूले सहयोग गरिरहेको र २५औँ ल्होछार रजत उत्सवमा पनि साथ र सहयोग पाउनेमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुरुङले विश्वास व्यक्त गरेका छन् ।
अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफल पार्न अनुरोध गर्दै बैठक समापन गरेका थिए । तमु धींले २८ डिसेम्बर २०२४ मा ल्होछार तथा रजत उत्सव मनाउँदै छ । क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टर HA3 5BD मा हुने हुने कार्यक्रमको तयारी तीव्र पारिएको छ ।