लन्डन । बेलायतको फ्रीम्ली हाईस्ट्रिटमा पाँच नेपाली युवाको लगानीमा भीपी स्टोर सञ्चालनमा आएको छ ।
बिक्की, पबिरा, किरण, रिक्की र जीवन सञ्चालक रहेको भीपी स्टोर क्वालिटी बुचर्स ओरिन्टल ग्रोसरी व्यवसाय हालसालै सुरुआत गरिएको हो । उद्घाटन भएको तीन हप्ता मात्र भएको भीपी स्टोरमा नेपाली, एसियनलगायत खाद्य पदार्थ, पियपदार्थहरुसहित सबै किसिमका सामान उपलब्ध रहेको सञ्चालकहरुले बताएका छन् ।
सञ्चालक किरणले स्टोरमा नेपालीसहित एसियन फुडहरु, बिफ, पोर्क, चिकेन, मटन, ल्याम्पजस्ता सबै किसिमका मासुहरु, पियपदार्थ, तरकारी, फलफूल र कोदोको रक्सीसमेत पाइने जानकारी दिए । उनले हप्ताको सातै दिन सेवा दिन आफूहरु हाजिर रहेको भन्दै सबै नेपालीहरुलाई भिजिट गरिदिन किरणले आग्रह गरेका छन् ।
यस्तै अर्का सञ्चालक पबिरा सबै किसिमका सामान उपलब्ध गराउने गरी दोकान खोलेका जनाउँदै ग्राहकहरुको उपस्थितिका लागि बिनम्र अनुरोध गरिन् । उनले ग्राहकहरुको सेवा गर्न सधैं आतुर रहेको समेत बताइन् ।
भीपी स्टोर हरेक बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने तालिका छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ २२:०९