लन्डन। पञ्चासे हर्पनडाँडा समाज यूकेले नेपालबाट बेलायत भ्रमणमा आएका आफ्नो गाउँका सदस्यहरूलाई स्वागत र भ्रमण सफलताको कामना गरेको छ ।
अल्डरसटस्थित गोर्खा किचन रेस्टुरेन्टमा २७ अक्टोबरमा कार्यक्रमबीच स्वागत गरेको हो । अध्यक्ष देवकाजी गुरुङ र कार्यसमितिका सदस्यको संयोजकत्वमा कार्यक्रम भएको थियो । नेपालबाट आएका समाजसेवी गुमानसिङ गुरुङ, चन्द्रकुमारी गुरुङ र बिन्दु गुरुङलाई वयोवृद्ध जसबहादुर गुरुङ, अध्यक्ष देवकाजी गुरुङ र रिलशोभा गुरुङले खादा, फूलको गुच्छा दिएर स्वागत गरेका दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भने, ‘बेलायतको हाम्रो खबर नेपालमा भन्दिनुहोला । तपाईंहरूको बसाइ र घुमफिर राम्रो होस् । शुभयात्राको कामना छ गर्दछु ।’
साबिक भदौरे तामागी गाविस सिधाने- ९ का अध्यक्ष, हर्पनकोट मा.वि. सञ्चालक समितिका सदस्य, गाउँ विध्युत् उपभोक्ता समितिको अध्यक्ष, उपल्लो सिधाने टोल संयोजक समितिका सदस्य, पञ्चधाम पञ्चासेको सहसचिव, फिर्के तमु समाज पोखराका संस्थापक सचिव र हर्पनडाँडा समाज आकस्मिक सेवा समितिका सल्लाहकारसमेत रहेका गुमानसिङ गुरुङ धेरै अनुभव बटुलेका समाजसेवी भएको कार्यक्रम सञ्चालक प्रकाश गुरुङले बताए।
चन्द्रकुमारी गुरुङले प्रगतिशील सिधाने आमा समूहको संस्थापक अध्यक्ष भएर सेवा गरेकी थिइन् । बिन्दु गुरुङ पनि तामागी आमा समूहको सक्रिय सदस्य र असल गृहिणी भएको सञ्चालक गुरुङले बताए ।
पाहुनाहरूले छोटो भनाइ राख्दै सात समुन्द्र पारी आएर पनि आफ्नै गाउँमा जस्तो न्यानो माया पाउँदा अति हर्षित रहेको बताए । समाजले गत अगस्टमा अस्ट्रेलियाबाट आएका चन्द्रप्रकाश गुरुङको परिवारलाई पनि स्वागत गरेको थियो ।