पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धीं नेपालको ४०औँ वार्षिक साधारणसभा तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पोखरामा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले तमु एकताको अपरिहार्यतामा जोड दिए । तमुहरू शिक्षा, विकसित प्रविधिको प्रयोग, अधिकार प्राप्ति, युवा तथा बालबालिकालाई असल संस्कार र समाज प्रति आकर्षण साथै भाषिक अधिकारप्रति जुट्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म तमु, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का उपमहासचिव मनोज गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष ओम गुरुङ तथा बौद्ध अर्घाै सदन अध्यक्ष रुद्रबहादुर घलेले शुभकामना व्यक्त गरेका थिए ।
युगबहादुर गुरुङले शिक्षा सम्बन्धी चर्चा गरे । तमु धीं नेपालका महासचिव जुनाकुमारी गुरुङद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
क्रममा भूपू खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य आशिष गुरुङ, कास्की पोखरा हस्तकला संघका अध्यक्ष सीता गुरुङ, ङ्योए तमु धींका उपाध्यक्ष काशीमाया गुरुङ र उपमहासचिव तारा गुरुङ, सञ्जीवनी दिदिबहिनी केन्द्रका अध्यक्ष बीना गुरुङ, कोषाध्यक्ष गीमाया गुरुङ र तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिबाट सम्मानित महासचिव जुना कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वका तर्फबाट कार्यक्रममा भूपू खेलाडी मञ्चका अध्यक्ष गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी, तमु धीं नेपालको नव निर्वाचित क्षेत्रीय समाजका कार्यसमितिहरू तमु धीं नेपाल रुपा गाउँपालिका, तमु धीं नेपाल माछापुच्छ्रे गाउँपालिका, मिरुवा तमु समाज, तमु सहोग समिति पार्दी, तनहुँ तमु समाज, कोल्मा बहाकोट तमु समाज, बरालडाँडा तमु समाज, सुर्यमुखी तमु समाज, भिमकाली पाटन तमु समाजलगायत गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)लाई बधाई ज्ञापन गरिएको थियो ।
तमु धीं नेपाल कार्यसमिति, केन्द्रीय युवा समिति, तमु कलाकार संघ गण्डकी र कोने घोताने कास्कीका कलाकारले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । सो अवसरमा यस वर्ष आजीवन सदस्यता प्राप्त गरेकाहरूलाई सदस्यता वितरण गरिएको थियो ।
तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्री प्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।