Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • पोखरामा ३५ प्लस नृत्य प्रतियोगिता, सिङ्दी तमु समाज प्रथम
पोखरामा ३५ प्लस नृत्य प्रतियोगिता, सिङ्दी तमु समाज प्रथम
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, असोज ८, २०८१

पोखरा । ‘सामाजिक कार्यका लागि नृत्य’ नारासहित सकारात्मक सन्देश दिँदै पोखरामा आयोजित ३५ प्लस स्टार्स सामूहिक नृत्य प्रतियोगिता २०८१ मा क्रबा आजी सिङ्दी तमु समाज प्रथम भएको छ । 

 स्टार्स स्टुडियो प्रालिको आठौँ तथा स्टार्स फाउन्डेसन नेपालको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा अन्य सात टिमलाई पछि पार्दै सिङ्दी प्रथम बनेको हो । 

460344390_2291147944562091_3554620862794069529_n-1727183009.jpg
प्रज्ञा प्रतिष्ठान गण्डकीका सदस्य सचिव मनकुमार श्रेष्ठ, नवसाधना कला केन्द्रका प्रशिक्षक रविन गुरुङ र नृत्य निर्देशक प्रीति गुरुङको संयुक्त निर्णयमा अन्तिम नतिजा सार्वजनिक भएको थियो ।

सोही नतिजाको आधारमा च्याम्पियन बनेको सिङ्दीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । यस्तै द्वितीय बनेको कोल्मा बाहाकोट तमु समाजले २५ हजार तथा चिउली पार्चे तमु समाज तृतीय हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । 

460380494_1273540287415942_6360137497151348528_n-1727183038.jpg
विजयी तथा उपविजेता टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ जसु लगायतले पुरस्कार वितरण गरे ।

 हाइकुमारी र भीमबहादुर सम्मानित
प्रतियोगीमध्ये सबैभन्दा बढी उमेर भएका महिलातर्फ सिङ्दी समाजका ६२ वर्षीया हाइकुमारी गुरुङ र पुरुषतर्फ दुरा सेवा समाजका ६९ वर्षीय भीमबहादुर दुरा सम्मानित भएका छन् । 

459743406_910806134413911_761539318078713691_n-1727183151.jpg
सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उनीहरूलाई दोसल्ला, माला, घलेक तथा सम्मानपत्र अर्पण गरिएको हो । 

यस्तै गुरुङ चलचित्र एसोसिएसनको आठौँ अधिवेशन तथा १६औँ साधारणसभाबाट नवनिर्वाचित राजेश गुरुङ नेतृत्वको कार्यसमिति र  कम्बोडियाका दरारिथ टिभ (वर्ल्ड साइक्लिस्ट) लाई पनि सोही अवसरमा सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष जसु गुरुङले बताइन् ।

459572583_864038405699564_937511332512539821_n-1727183205.jpg
‘यो कार्यक्रम नितान्त फरक हो, विशेषगरी सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भनिन्, ‘अरू कम्पिटिसनभन्दा बेग्लै गर्ने लक्ष्य अनुसार कार्यक्रम गरेका हौँ त्यसैले हामी सफल भएका छौ ।’

 कार्यक्रमका अवसरमा स्टार स्टुडियोका कलाकारहरूले विविध मौलिक नृत्य प्रस्तुत गरेका थिए । गायक राजबहादुर गुरुङ र एमडी काफ्लेले सांगीतिक प्रस्तुती दिएका थिए । 

461249964_1582549962619703_8420678875110936074_n-1727183231.jpg
स्टार्स स्टुडियोले मौलिक लोक संस्कृतिको संरक्षणका काम गर्दै आएको छ भने, फाउन्डेसनले सामाजिक कार्यक्रममा क्रियाशील रहँदै आएको छ । स्टार्स स्टुडियो प्रालि तथा स्टार्स फाउन्डेसन नेपालको अध्यक्ष जसु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष दीपक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सञ्चारकर्मी रोशनी गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्