Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • तमु सांस्कृतिक प्रतिष्ठान नेपालले दियो लमजुङ र गोरखाका विद्यार्थीलाई छात्रवृत्ति 
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले दियो लमजुङ र गोरखाका विद्यार्थीलाई छात्रवृत्ति 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, असोज ५, २०८१

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शनिबार लमजुङ र गोरखामा तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिका सदस्य तारा तमु र कार्यालय सचिव गंगामाया तमुको टोलीले लमजुङको बेँसीशहरस्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । 

058ff1ee-3c3d-4330-b763-157dff4404a2-1726937447.jpeg

तमु प्ये ल्हु संघ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानीय कार्य गरेको यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यलाई लमजुङका सम्पूर्ण संघसंस्था र समाजले महत्त्व दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर-२ का पूर्व वडाध्यक्ष बुद्धिप्रसाद तमु, बाल कल्याण मा.वि. दारिमबोटका छात्र विवेक तमु र छात्रा मेलिना घलेले मन्तव्य राखेका थिए । 

1c981562-30eb-44e5-af9d-207b2c942268-1726937484.jpeg


यस शैक्षिकसत्र सत्रमा कक्षा ८-१२ सम्म छात्रवृत्ति प्राप्त १८७ जना मध्ये २८ जना र कक्षा ९ मा यस वर्ष छनोटमा परेका ८४ मध्ये १२ जना विद्यार्थी लमजुङका छन् । लमजुङका १० जना विद्यार्थीलाई असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको थियो ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्यामबहादुर तमु र कार्यक्रम सञ्चालन सचिव कन्चन तमुले गरेका थिए ।

dcbbfcce-6f8d-4f96-b7f4-13764e276e0d-1726937522.jpeg

त्यस्तै गरी तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गोरखाको व्यवस्थापनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमका लागि निवर्तमान अध्यक्ष चिजकाजी तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्य द्वय लक्ष्मी तमु र लोकबहादुर तमु तथा विद्यार्थी समितिको कोषाध्यक्ष पन्चकुमारी तमुको समूह खटिएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गोरखाका अध्यक्ष राम तमु, विद्यार्थी पन्चकुमारी तमु, आहाल भन्ज्याङ मा.वि. सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमुले आफ्ना भनाइ राखेका थिए । 

जम्मा विद्यार्थीमध्ये २० जना र यस वर्षको नयाँ छनोट भएका १३ गरी ३३ जनालाई छात्रवृत्ति वितरण गरिएको छ । कार्यक्रममा परिषद्का कार्यसमितिका पदाधिकारी तथा सदस्य, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमु, तमुस्यो जागृति महिला समिति अध्यक्ष हिमला तमु लगायत शिक्षक, अभिभावक र विद्यार्थीको बाक्लो उपस्थिति थियो ।

e3374319-b479-4ef1-9c4f-bafcaac45f80-1726937592.jpeg

संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम  सदस्य लोकबहादुर तमुले सञ्चालन गरेका थिए  । प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए । पहिलो चरण पोखरामा ५ जिल्लाका लागि असोज ३ गरे वितरण गरिसकेको र यो दोस्रो चरणको कार्यक्रम रहेको जानकारी सचिव कन्चन तमुले बताए ।


प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्