लन्डन । लमजुङ समाज युकेले शनिबार २६ नोभेम्बर २०२२ का दिन विन्टर पार्टी-२०२२ भव्यताका साथ सम्पन्न गरेको छ ।
अल्डरउड लिजर सेन्टर अल्डरसटमा समाजका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्य र समाजका संरक्षक प्रो.डा. सूर्यप्रसाद सुवेदी ओबीई, केसी, डीसीएल विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ र श्रीमती मन्जु सीता गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रणबहादुर गुरुङ तथा श्रीमती चन्द्रकुमारी गुरुङ, तनहुँ समााजका कोषाध्यक्ष कृष्ण थापा, श्रीमती तनुजा थापा , तमु समाज यूकेका शिवकुमार गुरुङ, गोरखा ज़िल्ला गुरुङ समाजका अध्यक्ष गौतम गुरुङ श्रीमती लेखमाया गुरुङ, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, चर्चित गायिका जुना श्रीष मगर तथा अन्य अतिथि कलाकारहरु प्रितम गुरुङ जस्सु गुरुङ र डीबी गुरुङको उपस्थिति थियो ।
प्रमुख अतिथि तथा विशेष अतिथिको आगमनमा अध्यक्ष दलबहादुर गुरुङ, श्रीमती तारा गुरुङ र संयोजक (उपाध्यक्ष) परशु गुरुङले स्वागत गराई पाइपरको धुनको साथमा हल भित्र प्रवेश गराएका थिए । कार्यक्रम उद्घोषक सचिब कुमार गुरुङले विधिवत रूपमा औपचारिक कार्यक्रमलाई अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, संस्थापक अध्यक्ष र आमा समुहकी अध्यक्षबाट पानसमा दिपप्रज्वोलन गरि प्रारम्भ गरिएको थियो ।
कार्यक्रमलाई उपाध्यक्ष पूर्णराज गुरुङले स्वागत मन्तव्य राखेको थियो भने संयोजक (उपाध्यक्ष) परशु गुरङले कार्यक्रमबारे आफ्नो मन्तव्य राख्दै सहयोगी सबैजनालाई धन्यवाद दिएका थिए ।
संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङद्वारा लिखित भिंडियो गीतको विमोचन पनि गरियो । संरक्षक प्रो.डा सूर्य सुवेदीज्यूलाई नेपाल सरकारद्वारा प्रसिद्ध जनसेवा श्री पदकले सम्मानित भएकोमा समाजको तर्फबाट दोसल्ला ओढ़ाई सम्मान गरिएको थियो भने लमजुङ समाजमा राजदूतको पहिलो उपस्थिति भएको हुँदा दोसल्ला ओढ़ाई स्वागत गरिएको थियो ।
त्यस्तैगरी नेपालबाट आएका गुरुङ चलचित्रकर्मीहरुलाई पनि सम्मान गरियो । कार्यक्रममा समाजमा भर्खर आजीवन सदस्य बन्नुभएका सदस्यहरु, यस वर्ष शिक्षाका विभिन्न तहमा शिक्षा हासिल गरेका नानीहरुलाई प्रशंसापत्र प्रदान गरियो भने अन्य संघसंस्थामा विशेष पदमा चयन भएका समाजका सदस्यहरुलाई पनि खादा लगाई बधाई ज्ञापन गराएका थिए ।
कार्यक्रममा आमा समूहकी अध्यक्ष माला घले, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, संरक्षक प्रो. डा. सूर्यप्रसाद सुबेदी, OBE KC DCL, प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले मन्तव्य राखेका थिए । अन्तमा अध्यक्ष दलबहादुर गुरुङले आफ्नो मन्तव्यको क्रममा सबै जनालाई धन्यवाद दिई औपचारिक कार्यक्रम समापन गरेका थिए ।
साँस्कृतिक कार्यक्रमको संयोजक साँस्कृतिक सचिव इन्द्रजित गुरुङले गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालन सहसचिव प्रेम गुरुङ र सविता गुरुङले गरे । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु जुना श्रीस मगर, जसु गुरुङ, हेलिसा गुरुङ र पुनम गुरुङको प्रस्तुति रहेको थियो ।
भाग्योदय चिट्टाको संयोजक क्याप्टेन देब घलेले गरेका थिए । विभिन्न व्यवासायीहरु र समाजभित्रका महानुभावहरूले प्रायोजन गरेको चिट्टामा आकर्षक १० वटा पुरुस्कार थियो भने प्रथम पुरुस्कार १ तोला सुन राखिएको थियो ।
समाजका अध्यक्ष दलबहादुर गुरुङका अनुसार समाजले वर्षमा २ पटक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ । एकपटक समर र एकपटक विन्टरमा गर्ने गर्दछ ।
चन्द्रप्रसाद गुरुङ (संस्थापक अध्यक्ष) को नेतृत्वमा बेलायतमा २००७ सालमा लमजुङ समाजको स्थापना भयो । स्थापनाकालदेखि नै निवर्तमान कार्यसमिति सम्म ५ जना विशिष्ट व्यक्तिहरु संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु कृष्णकुमार गुरुङ, तुलराम गुरुङ, बोहत गुरुङ, विश्वजङ गुरुङले यस समाजको नेतृत्व गरिसकेको छन् । वर्तमान कार्यसमिति अर्थात् छैटौं कार्यसमिति गत अप्रिलको १६ तारिकमा चयन भई दलबहादुर गुरुङले नेतृत्व गरेका छन् । अध्यक्ष गुरुङको नेतृत्वमा वर्तमान छैटौं कार्यसमितिमा २७ सदस्यीय आबद्ध छन् । ३७ जना सल्लाहकारहरु छन् । संरक्षक प्रो.डा. सूर्यप्रसाद सुवेदी ओबीई, केसी, डीसीएल हुन् ।
स्थापनादेखि नै युकेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । विभिन्न कार्यक्रमहरुमा सहभागी भई आफ्ना मौलिक नृत्यहरु प्रस्तुत गर्दै आएको छ । नेपालमा सुरुका दिनदेखि नै विभिन्न दैवीप्रकोपबाट पीडित र विस्थापित भएका स्थानीय बासिन्दाहरुलाई विभिन्न स्रोतबाट सहयोग गर्दै आइरहेका छन् । धार्मिक सम्पदाहरुको संवर्द्धन र संरक्षणमा सहयोग गरेको छ ।