लन्डन । हङकङ निवासी समाजसेवी कोमल गुरुङ (स्याङ्जाली कान्छा) बेलायत आइपुगेका छन् ।
इथ्निक माइनोरिटिज् कमिटी सदस्य, तमु समाज हङकङका संस्थापक अध्यक्ष, जनसेवा समितिका हङकङका पूर्वअध्यक्ष, एनआरएनए हङकङका सल्लाहकार बुधबार २१ अगस्ट २०२४ मा बेलायतको हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । उनको साथमा छोरी रोस्मी पनि आएकी छन् ।
उनीहरूलाई विमानस्थलमा एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए युके प्रमुख संरक्षक डेभिड गुरुङ, स्याङ्जा समाज युकेका संस्थापक अध्यक्ष, राङभाङ समाज युकेका अध्यक्ष, सहारा युके उपाध्यक्ष, एनआरएनए आईसीसी सदस्य शारदा गुरुङ, एनआरएनए आईसीसी वरिष्ठ उपाध्यक्ष थर्क सेन, स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङ, उपाध्यक्ष रुपा गुरुङ, उनका दाइ अमृत गुरुङ, सुनिल, सृजना गुरुङ, महेन्द्र गुरुङ, नेपालबाट आएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीलगायतले उनलाई भव्य स्वागत गरेका थिए ।
समाजलाई नयाँ रुपान्तरणको लागि हरेक पाटोबाट सहयोगी भूमिका खेले स्याङ्जाली कान्छा छोरी रोस्मी गुरुङको उच्च शिक्षाको लागि बेलायत आएका हुन् । रोस्मी अमेरिकन इन्टरनेसनल हाईस्कुल हङकङबाट आफ्नो अध्ययन सकेर विम्बल्डन युनिभर्सिटी अफ आर्ट लन्डनमा अध्ययन गर्न आएकी हुन् । कोमल गुरुङ र भगवती गुरुङ दम्पतीका दुई छोरा र एक छोरी छन् ।
स्याङ्जाली कान्छाको छोटो समय बेलायत बसाइमा भेटघाट तथा केही सामाजिक उपलब्धिमूलक कार्यक्रममा रहने जानकरी गराइएको छ । उनी यही २५ अगस्टमा तमु धीं युकेले आयोजना गर्ने १५ औं नेपाली मेलामा उपस्थित हुने छन् भने बेलायतमा सक्रिय तमु (गुरुङ) संघ संस्था, सहारा युकेलगायतका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट तथा अन्तरक्रिया सामेल हुनेछन् ।