लन्डन । प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १६औँ चेलीबेटी तथा भान्जा भान्जीसँगको वार्षिक भेटघाट सम्पन्न भएको छ । अध्यक्ष क्याप्टेन जीवनकुमार गुरुङको अध्यक्षतामा २७ जुलाईमा स्यामुल कोडी स्पोर्ट कलेजमा भव्य रूपमा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष धनबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष क्याप्टेन गुरुङ तथा संस्थाका ज्येष्ठसदस्य रतप्रसाद गुरुङ, नीरसुभा गुरुङ तथा कुद्बीडाँडाका चेली हाई सोभा गुरुङसहितले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । संस्थाका उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको पहिलो चरणमा सम्मान तथा शुभकामनाका क्रममा समाजसेवी कमल गुरुङ र जयन्ती गुरुङका सुपुत्र धम्पुस झाग्रे घर भई हाल रेडिङ निवासी उद्देश्य गुरुङलाई तमु घीं यूकेद्वारा आयोजना गरिने डाक्टर हर्क बहादुर अवार्ड २०२३ पाउन सफल भएकोमा सम्मान गरिएको थियो । तमु घीं यूकेद्वारा प्रदान गरिने आदर्श तमु अवार्ड २०२३ द्वारा पुरस्कृत भएका अध्यक्ष क्याटेन गुरुङलाई पनि सम्मान गरिएको थियो l
साथै सन्तोष घोताने गुरुङ र इन्द्रकाजी गुरुङलाई पनि प्हच्कूईह्नों भाइखलक यूकेप्रति पुर्याएको योगदान र सहयोगको सम्मानस्वरूप उत्कृष्ट समाज सेवा सम्मानपत्र २०२४ बाट सम्मानित गरियो । छोरी सुनीता गुरुङलाई पनि उनले आर्जन गरेको उच्च शीक्षाको कदर गर्दै सम्मान गरियो । चेली तथा ज्वाँई कीमबहादुर गुरुङ र इन्द्र कुमारी गुरुङलाई ८४ वर्ष पुगेको उपलक्ष्यमा जेष्ठ नागरिक सम्मानपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा संस्थाका नयाँ सदस्य चीजकाजी गुरुङ तथा उनका परिवारलाई स्वागत गरियो । यसै सिलसिलामा नयाँ विवाह बन्धनमा बाँधिएका समाजमा नव दम्पती छोरी नाग्मा गुरुङ र ज्वाइँ निश्चल गुरुङलाई पनि सम्मानसहित शुभकामना दिइएको थियो ।
कार्यक्रममा खानाको व्यवस्थापन AM O’ZONE रेस्टुरेन्टले गरेको थियो । पेय पदार्थ तथा वार सञ्चालन गर्न पदम, साम, याम, किरण, सन्तोष गुरुङ साउन्ड सिस्टममा मनीराज गुरुङ, फोटो र भिडियोको कार्यभार किरण गुरुङले सम्हालेका थिए । मनोरञ्जनका लागि भाइखलकका सदस्य मिलन गुरुङ र कविता गुरुङले धमाकेदार प्रस्तुति दिए । उनीहरूले परिवारको मन जित्न सफल भएका थिए । यस्तै नातिनीहरू जिया, काब्या र कृषाको सामूहिक नृत्य पनि प्रस्तुत गरिएको थियो l
कार्यक्रममा राफल ड्र पनि आयोजना गरिएको थियो । जसलाई आकर्षक पुरस्कारले रोचक बनाएको थियो । कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण परिवार साथै चेलीबेटीहरू सामूहिक नृत्यमा भाग लिई भरपूर्ण मनोरन्जन लिएका थिए l
अन्त्यमा संस्थाका अध्यक्ष क्या. जीवनकुमार गुरुङले प्हच्कुईरों भाइखलक यूके स्थापना भएको २००८ देखि नेपालमा भएको प्हच्कूईरो भाइखलकमा पर्ने दुःखसुख र प्राकृतिक विपतलगायत.कार्यमा सहयोग गर्दै आएको बताए । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । प्हच्कूईरो भाइखलक इतिहासबारे पनि जानकारी दिएका थिए । साथै उनले वार्षिक भेटघाटमा सहभागी भई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।