लिला सेलिङ माबो लन्डन । किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ केन्द्रीय कार्यसमिति युकेको अध्यक्षमा मनमाया नेम्वाङ निर्विरोध चयन भएकी छन् । शनिबार सेन्ट फ्रान्सीस चर्चको सभाहल आसर्फोट केन्टमा भएको चौथो महाधिवेशनले आगामी कार्यकालका लागि उपाध्यक्षमा नन्दशोभा लिम्बु, महासचिवमा शुभ लिम्बु, सचिवमा धन थोक्लिहाङ, कोषाध्यक्षमा गौरी ईवा र सहकोषाध्यक्षमा सरला काम्वाङलाई चयन गरेको हो । सदस्यहरुमा सूर्य केरुङ, सरला लिम्बु, रिता फोम्बो र अनिता मादेन रहेका छन् । महाधिवेशनको बन्दसत्रमा गठित अध्यक्ष मण्डलमा काजीमान यक्सो, विजय विक्रम लिङ्देन र शान्ति खिम्दिङ रहेका थिए भने निर्वाचन मण्डलमा विमला सेने, लिला सेलिङ माबो र दुर्गा पाङमा रहेका थिए । महासचिव शकुन्तला नेम्वाङले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नन्दशोभा लिम्बुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई महाधिवेशनले हुबहु पास गरेको थियो । महाधिवेशनमा थामेन्दिङमा चुम्लुङको निर्वाचन नियमावलीलाई पास गरी सोहीअनुसार निर्वाचन प्रक्रिया गरिएको थियो । निर्वाचित कार्यसमितिलाई अध्यक्ष मण्डलका अध्यक्ष काजीमान यक्सोले शपथ ग्रहण गराएका थिए । सोही अधिवेशनले किरात याक्थुङ चुम्लुङको केन्द्रीय समितिका लागि महिला उपाध्यक्ष पदमा सानु सुब्बा र महिला सहसचिव पदमा शकुन्तला नेम्वाङलाई चयन गरेको छ । महाधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा उपस्थित किरात याक्थुङ चुम्लुङ युके,(कियाचु) केन्द्रीय समितिका उपाध्यक्ष अमृता पालुवाले–याक्थुङ भाषा, संस्कार संस्कृतिको जर्गेना गर्न आफूसँगै आफ्ना छोराछोरीहरुलाई पनि सहभागी गराउन अनिवार्य रहेको बताए । कार्यक्रममा विशिष्टि अतिथिको रुपमा कियाचु युकेका संस्थापक अध्यक्ष खड्गजंग आङबुहाङ सहभागी भएका थिए । कार्यक्रममा थामेन्दिङमा चुम्लुङका संस्थापक अध्यक्ष लिला सेलिङ माबोलाई लिम्बु भाषामा नयाँ कवितासंग्रह सेप्म्माङल्क प्रकाशन गरी लिम्बुभाषा र लिपिमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । अध्यक्ष नेत्रकला (युमा) लिम्बु र प्रमुख अतिथि अमृता पालुङ्वाले थामेन्दिङमा चुम्लुङलाई अनवरत सहयोग गर्दै आएका महिलाहरुलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् । कार्यक्रम उद्घाटन समारोमा सगरमाथा नेपाली समाजका महिला समितिका अध्यक्ष उमा गरुङ, पाँचथर समाज युकेका अध्यक्ष शान्ति लिम्बु, नेपाल आदिवासी जनजाती महासंघ युकेका महासचिव विमला सेने, कियाचु युकेका पूर्वअध्यक्ष काजीमान यक्सो, कियाचु युकेका सहकोषाध्यक्ष नरप्रसाद सवेनहिम, जनसम्पर्क तथा विदेश विभाग प्रमुख कमला सेन्दाङ, कियाचु पूर्वउपाध्यक्ष गणेश इजम, पूर्वमहासचिव विजयविक्रम लिङदेन, नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, लेखक कृष्णकुमार हेम्ब्याले शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा कियाचु आसफोर्ड शाखाका अध्यक्ष सुदिप थोप्रा, फोक्सटन शाखाका अध्यक्ष ज्ञान लिम्बु, वारवीकसायर शाखाका अध्यक्ष लक्ष्मी लिवाङ, थामेन्दिङमा चुम्लुङ वेल्सका अध्यक्ष सूर्य केरुङ, ग्रेटर लण्डन शखाका कमला लिम्बु, वाकसायर शाखाका राधिका लिम्बुलगायतले शुभकामना दिएका थिए । कार्यक्रमलाई महासचिव शकुन्तला नेम्वाङले संचालन गरेकी थिइन् भने अध्यक्ष नेत्रकला (युमा) लिम्बुले अध्यक्षता गरेकी थिइन् । सोही दिन थामेन्ङिमा चुम्लुङ आसफोड शाखा पनि गठन गरियो । शाखा कार्यसमितिको अध्यक्षमा जसलक्ष्मी लिम्बु, उपाध्यक्षमा दिलु मादेन, सचिवमा माक्सोती ओख्रावो, कोषाध्यक्षमा गंगा लिम्बु, सहकोषाध्यक्षमा भगवती लिम्बु र सदस्यहरुमा रिन्जिला लिम्बु, कृष्ण लिम्बु, खिमकुमारी लिम्बु, सरस्वती लिम्बु, अनिता वनेम रहेका छन् । किरात याक्थुङ चुम्लुङ युकेको सदस्यता लिएका महिलाहरुको साझा संस्थाको रुपमा रहेको थामेन्दिङमा चुम्लुङले कियाचु केन्द्रीय समितिको मातहतमा रही महिलाहरुको वृत्तिविकासका साथै याक्थुङ भाषा, लिपि, संस्कार, संकृति जर्गेनाको लागि काम गर्दै आएको छ । २०१३ मा स्थापना भएको थामेन्दिङमा चुम्लुङको १० वटा शाखाहरु छन् ।