कास्की । नेपाल मगर सांस्कृतिक संघ कास्कीले गरिब तथा विपन्न परिवारहरुलाई राहत तथा सहयोग हस्तान्तरण गरेको छ ।
शनिबार नेपाल मगर संघ कास्कीको सभाहलमा एक कार्यक्रमबीच १ लाख ५० हजार रुपैयाँ बराबरको नगद, लत्तकपडा, शैक्षिक सामग्री, खाद्यान्न वितरण गरिएको हो । संघ कास्कीकी अध्यक्ष सरिता सारु मगरले क्यान्सर, मिर्गौला पीडित, प्यारालाइसिसका बिरामी १५ जनालाई नगद, खाद्यान्न, लत्तकपडा र कास्कीको जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको जानकारी दिइन् ।
सहयोग पाउने बिरामीहरुमा तिर्सना फगामीमगर कास्की, गमबहादुर आलेमगर, मधु रानामगर तनहुँ, भीमकुमारी आलेमगर कास्की, शिशिर थापामगर, कास्की, दिलबहादुर गलामीमगर बागलुङ, जगे सुर्यवंशीमगर अर्घाखाँची, संयोग थापामगर गोरखा, सिन्धुलीका दिलबहादुर मगर, सृष्टि बिक, शिशिर बिकलगायत छन् ।
१५ जना व्यक्ति
सहयोग हस्तान्तरण कार्यक्रममा संघ कास्कीका सल्लाहकार चन्द्रप्रकाश थापामगर, गोविन्द पुन, कार्यसमिति उपाध्यक्ष दिलु फागामीमगर, सचिव बसन्ती थापामगर, सहसचिव राम थापामगर, कोषाध्यक्ष कल्पना आलेमगर, कलाकार संयोजक रेनु पुलामीमगर, सदस्यहरु गुना थापामगर, निरुता थापामगर, दिलबहादुर मगर बर्षा मगर, निरा थापामगर, अमृत थापामगर, वीरेन्द्र थापामगर, नन्द रानामगर, दिलु मगर लगायतको उपस्थिति थियो ।