बेलायत । मोना युकेले नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाएको छ । शनिबार बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट्स कलेजमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
आपतकालीन अवस्थासम्बन्धी जानकारी, आसनग्रहण, स्वागत मन्तव्य, दीप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय गीत तथा धुन बजाएर नयाँ वर्ष शुभकामना साँझको औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
सो अवसरमा म्याग्दीबाट बेलायतमा आएर बसोबास गरिरहेका र विभिन्न क्षेत्रमा प्रगति गरेका म्याग्देलीलाई सम्मान गरिएको थियो । बिशेष गरेर शिक्षा क्षेत्रमा ग्रजुएसन गरेका नानी बाबु र ‘यानिमाया’ गीति एल्बम निकाल्न सफल बिल पुर्जालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा मोना युकेका अध्यक्ष कुमार फगामी, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासका दोस्रो सचिव रामबाबु नेपाल, मोना युकेका पुर्बअध्यक्ष कमल पुर्जा, सपना रोका र काउन्सिलर ग्यारेथ लेनले शुभकामना मन्तव्य राखेका थिए ।
नेपालबाट आएका कलाकार नेशन पुन, ललिता पुन र दिपा गुरुङले बेजोड दोहोरी प्रस्तुत गरेका थिए ।
यसैगरी, स्थानीय कलाकार ललित गर्बुजा, गीत गर्बुजा, टिका गर्बुजा, बिनोद श्रीपाली, गीता पाइजा, भूमिका घर्ती, सुबिसा पुन, संगम घर्ती, भुपेस मगर, देवी गर्बुजा, पर्मिना थापा, मेरिन पाइजा, रेजिना रेगामी, गीता पाईजा, इनि रोका, अर्जुन पाईजा, सोनिया पाईजा, अर्जुन पुनले नृत्य प्रस्तुत गरेका थिए । धौलागिरि नौमती बाजा, खिबाङ समाज युकेको पुर्ख्यौली समूहले पनि प्रस्तुति दिएका थिए ।
नयाँ वर्ष शुभकामना साँझमा संस्थाका युथ संयोजक अर्जुन पुनले राफल ड्र सञ्चालन गरेका थिए । मोना युकेका अध्यक्ष कुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विष्णु भण्डारीले सञ्चालन गरेका थिए । अध्यक्षले अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।