नव वर्ष आउँछ
मनमा खुशी आउँछ
प्रियको जन्म दिन आउँछ
गाउँघरमा रमाइलो हुन्छ
चराचुरुङ्गीको गुँड बन्छ
लालीगुराँस वनैभरि फुल्छ
असारे मकै गोड्दै गरेको हुन्छ
पिँजडाको सुगा पनि बोल्छ
नयाँ वर्ष आयो भन्छ
ज्योतिषीले राम्रो छ भन्छ
छिमेकीले शुभकामना भन्छ
नब्बे पुगेको आमाले त्यही भन्छिन्
दक्षिणी गोलार्द्धमा बस्ने भाइले लेख्छन्
प्यारो सिधाने गाउँलेले लेख्छन्
सामाजिक संजालमा सबैले लेख्छन्
रातदिन नै फरक पर्ने विश्वले देख्छ
मोबाइल अटुट्टै घोच्ने आँखाले देख्छ
सम्बन्ध वरपर भएकाले पनि देख्छ
मायाप्रितीमा डुबेकाले पनि देख्छ
एक्लोपनमा रमाउने योगीले पनि देख्छ
जिन्दगी हो, पाहुना हामी के भन्न सक्छ
नदेखेको नसोचेको हुन सक्छ
त्यसैले नयाँ वर्षको शुभकामना भन्न सक्नुपर्छ ।