काठमाडौँ । इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आठ स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार उम्मेदवारी दिनेमा सबै पुरुष छन्।
स्वतन्त्र उम्मेदवारी दिनेमा अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, दीपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज वश्याल छन् ।
यस्तै, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएको सहायक प्रवक्ता पाण्डेयले बताए ।
यसैगरी, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनबाट मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलनका तर्फबाट जयवन्तविक्रम शाह र नेपाली जनता दलका तर्फबाट रेशमबहादुर सुनारले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि इलाममा उपनिर्वाचन हुन लागेको हो ।