लन्डन । बेलायतवासी समाजसेवी भोजबहादुर गुरुङले गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराको अक्षय कोषका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
आइतबार ताङतिङ दूध पोखरी समाज, पोखरा–१२, सेतीनहर मार्गमा आयोजित गोर्खाली रेडियोको १५ औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा भोजबहादुरले रेडियोका कोषाध्यक्ष सुवेदार मेजर देउबहादुर गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेले ५० हजार, अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले १५ हजार सहयोग गरेका छन् ।
यस्तै डब्ल्यू ओटु बलबहादुर गुरुङले २५ हजार, कर्नेल्नी पद्मशोभा गुरुङले १० हजार, क्याप्टेन चोकबहादुर गुरुङले ६ हजार, फस्टफोर जिआरबाट ५ हजार, रेडियोका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले ५ हजार, दुधपोखरी समाजका तर्फबाट हुमबहादुर तमुले ५ हजार, सुवेदार मेजर विरध्वज गुरुङ ५ हजार र रेडियोका कोषाध्यक्ष सुवेदार मेजर देउबहादुर गुरुङले पनि ५ हजार रुपैयाँ अक्षय कोषका लागि प्रदान गरेका छन् ।
यसैबीच गोर्खाली रेडियोले सुवेदार विरध्वज गुरुङको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको छ ।
उक्त अवसरमा बोल्दै गुरुङले रेडियोले गर्दै आएका विभिन्न कार्यक्रम निकै सरहानीय भएको र प्रमुख अतिथिको रुपमा सहभागी हुने अवसर दिएकोमा रेडियो परिवारमा धन्यवाद व्यक्त गरे । साथै सबैको साथ सहयोगमा रेडियोलाई अघि बढाउन सके आवाजविहीनहरुको आवाज बुलन्द हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा रेडियोका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, रेडियो संस्थापक अध्यक्ष तथा सल्लाहकार सोपाल तमु समाजका वरिष्ठ उपाध्यक्ष मेजरर्नी सावित्री गुरुङ, भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेडका अध्यक्ष लेप्टेन कृष्णबहादुर खत्री, चिउली पाचे तमु समाजका अध्यक्ष क्याप्टेन सम्सेर गुरुङ लगायतले आम नागरिक सही सूचनामार्फत बन्चित भएकाले सबैलाई सचेत रहनका लागि आग्रह गरे ।
कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो भने तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओमबहादुर गुरुङ, बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्रबहादुर घले, रेडियोका फोटो पत्रकार महेन्द्रजंग गुरुङ सम्मानित भएका थिए ।
त्यसैगरी रेडियो संवाददाता मिलन गुरुङ, पूर्वकर्मचारी महेन्द्र विश्वकर्मा, लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश अध्यक्ष जीतबहादुर गुरुङ, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् गण्डदी प्रदेशका अध्यक्ष पदमबहादुर गुरुङ पनि सम्मानित भएका थिए ।
अध्यक्ष सुवेदार मेजर श्रीप्रसादको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हितमान गुरुङले दिएका थिए भने सचिव चन्द्रवती गुरुङ र स्टेसन म्यानेजर खिमा गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।