काठमाडौं । काठमाडौंमा जारी विश्व शान्ति कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठान कार्यक्रमका लागि बेलायतवासी नेपालीहरुले सहयोग गर्नेक्रम चलिरहेको आयोजकले जनाएको छ ।
गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अनुसार पछिल्लोपटक पुरानो ठेगाना स्याङ्जा जिल्ला, आधींखोला गाउँपालिका-१ सिरूबारी हाल युके निवासी सोपाल समाज युकेका संस्थापक अध्यक्ष विजय गुरुङ र साहित्यकार माया गुरूङको परिवारबाट २५ हजार, सोंपाल समाज युकेका पूर्वअध्यक्ष एवं सल्लाहकार चन्द्रबहादुर गुरूङ र मनदेवी गुरूङको परिवारबाट २५ हजार रुपैयाँ सहयोग भएको हो ।
यस्तै पुरानो ठेगाना कास्की तान्चोक हाल युके रेडिङ निवासी बुद्धिष्ट गुम्बा रेडिङका ट्रस्टी चन्द्रमान गुरुङ र राधा गुरुङकी सुपुत्री पूजा गुरुङले २५ हजार, पुरानो ठेगाना कास्की घान्द्रुङ हाल युके रेडिङ निवासी श्रीमान्/श्रीमती बलबहादुर गुरुङ र पूर्णसुबा गुरुङको परिवारबाट २५ हजार र पुरानो ठेगना कास्की धम्पुस पोखरी हाल युके रेडिङ निवासी बुद्धिष्ट गुम्बा रेडिङ युक्का ट्रस्टी ले. जसबहादुर गुरुङ परिवारको तर्फबाट २५ हजार रुपैयाँ दान प्राप्त भएको आयोजकले जनाएको छ ।
यसअघि तमु समाज युकेका संस्थापक अध्यक्ष तथा गोर्खा मिडियाका सल्लाहकार चित्रबहादुरले छोरा स्व दमन गुरुङको दुई वर्षको पुण्य स्मृतिमा २५ हजार, संस्थापक जिन्दाग ग्रहणार्थ गर्दै क्या. कृष्णबहादुर र विष्णु गुरुङले ५० हजार, युके निवासी चित्रमान र शर्मिला गुरुङ दम्पतीले २५ हजार, नरबहादुर र धनमाया गुरुङ २५ हजार, स्व. निशा गुरुङको स्मृतिमा उनका बुवाआमा होमबहादुर र श्रीकाशी गुरुङले पनि २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
त्रिपिटक पाठ वाचन महापूजा बुढानीलकण्ठ ३ चार भञ्ज्याङ तमु समाजमा यही चैत ६ गतेदेखि जारी छ ।
गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अध्यक्ष खेन्पो शीर लामा गुरुङले भगवान् बुद्धले प्रतिपादन गरेको अहिंसा परम धर्मको शिक्षालाई मानव समाजमा विस्तार गर्दै लैजान उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बौद्ध गुरुहरु, श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेका छन् ।
कार्यक्रम समापन चैत १२ गते सोमबार शुक्ल पूर्णिमा तिथिको दिन हुनेछ । त्यसदिन बिहान ७:३० बजेदेखि गणचक्र पूजा, अपराह्न १ बजेदेखि रिन्पोछे गुरुबाट प्रवचन तथा दीर्घायु अभिषेक (वाङ्) प्रदान गरिने छ । महापूजा अनुष्ठानमा सहभागी भई पुण्यलाभको लागि अध्यक्ष खेन्पो गुरुङले सबैलाई अनुरोध गरेका छन् । कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुकले भोजन दानबापत २५ हजार, चियानास्ता/खाजा दान १५ हजार, चिया मात्र २ हजार ५ सय, पानी तथा फलफूल दान र कांग्युर वाचन संस्थापक जिन्दाग ग्रहणबापत ५० हजार रुपैयाँ सहयोग गर्न सकिने आयोजकले जनाएको छ ।
बुद्ध वचनको अनुशरण गरौं, जीवन सार्थक बनाऔं सन्देशसहित गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र वि सं २०७० सालमा स्थापना भएको हो ।