लन्डन । माइला-कान्छा अभियान बेलायत (पार्वती गुरुङ र माया गुरुङ)मार्फत नेपालका विभिन्न क्षेत्रमा पुनः एक लाख ७५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
बेलायतवासी नेपालीबाट यस वर्ष संकलित उक्त रकम रुख काट्ने क्रममा आफैँमाथि बज्रिएर घाइते स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ मुसुरबारीका ३६ वर्षीय ढाकाराम अर्याल (रामु)लाई एक लाख २५ हजार, नुवाकोट तादी गाउँपालिका-३ का दुवै मिर्गौला फेल भएकी ४८ वर्षीया साइँली तामाङलाई ३० हजार र पर्वतको चार भन्ज्याङ खाल्टे घर भई हाल चित्रे निवासी मुटुरोगी २० वर्षीय युसेफ नेपालीलाई २० हजार रुपैयाँ हस्तान्तरण गरिएको अभियन्ता पार्वती गुरुङ (माइला)ले जानकारी दिइन् ।
उनका अनुसार अर्याललाई फेब्रुअरी १३ मा धापसीस्थित डेरामा पुगेर दरौं गाउँका सक्रिय सत्य गुरुङको रोहबरमा तथा साइँली तामाङलाई शनिबार मनमैजुस्थित डेरामा पत्रकार टीकाराम तामाङको रोहबरमा र युसेफलाई आफन्त जमुना गुरुङमार्फत सहयोग गरिएको हो ।
स्याङ्जाका अर्यालको मेरुदण्डको हड्डी, करङ र देब्रे खुट्टा भाचिएर टिचिङ अस्पताल काठमाडौँमा उपचाररत छन् । पाँच वर्षअघि मिर्गौला फेल भएकी साइँली तामाङ वीर अस्पतालमा तथा युसेफ बायोस्पी सर्जरी गर्दै आइरहेका छन् । युसेफ देब्रे हात भाँचिएर जचाउन जाँदा मुटुको समस्या देखिएको थियो ।
सहयोग हस्तान्तरणका क्रममा समाजसेवी पार्वतीले साइँली तामाङको स्वास्थ्य लाभको कामना गर्दै माइला-कान्छा अभियान बेलायतलाई विश्वास गरेर दान दिने सहयोगीलाई धन्यवाद दिइन् । तामाङलाई सहयोग गर्नेक्रममा अभियन्ता पार्वतीका श्रीमान् जुमप्रसाद गुरुङ पनि उपस्थित थिए । सहयोग पाएपछि खुसी हुँदै साइँली तामाङ र युसेफ नेपालीले अभियन्ताहरु पार्वती गुरुङ, माया गुरुङसहित सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।
युसेफले भनेका छन्- 'मेरो मुटुको अप्रेसन गर्नका लागि युकेबाट माइला-कान्छा अभियानबाट सहयोग गर्नुभएको रहेछ । २० हजार मैले आज पाइसक्यो । सहयोगीहरुलाई धेरै धेरै धन्यवाद । मुटुको त छँदै छ । हातको अप्रेसन पनि गर्न बाँकी छ । मेरो परिवारको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग गर्न आग्रह गर्दछु ।'
हर्क साम्पाङको श्रम अभियानमा कविता र पार्वतीको ५० हजार
यस्तै, सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम अभियान बेलायतवासी समाजसेवी कविता गुरुङ र पार्वती गुरुङले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
मेयर साम्पाङको विचार र कार्यशैली मन परेको भन्दै कविता र पार्वतीले ८ मार्चमा धरान पुगेर व्यक्तिगत रूपमा २५/२५ हजार रुपैयाँ सहयोग गरेका हुन् । स्याङ्जाको अर्जुनचौपारी ६ दरौं गाउँ घर भई युकेमा बस्दै आएकी पार्वती श्रीमान् जुमप्रसादसहित झन्डै एक महिनाका लागि नेपाल आएकी हुन् ।
उनले नेपालमा रहँदा परिवारका सदस्य, इस्टमित्र भेटघाट तथा अन्य विभिन्न स्थानमासमेत सहयोग हस्तान्तरण कार्य गरेकी छन् । उनलाई गत मंगलबार एक कार्यक्रमबीच सोँपाल समाज पोखरा र टुर्मे भाइखलक पोखराले सम्मान गरेको थियो । पार्वती गुरुङले हालै तमु धीं युकेबाट आदर्श तमु नारी अवार्ड पाएकोले सम्मान गरिएको हो ।
सामान्यतया पुरुषलाई मात्रै फेटा लगाएर सम्मान गर्ने चलन छ । तर सोँपाल समाज पोखराले भने सामाजिक अभियन्ता पार्वतीलाई पनि फेटा लगाइ दिएर सम्मान गरेको थियो । चन्द्रबहादुर र पार्वतीले अक्षय कोष वृद्धिलगायतमा नगद सहयोग गरेका थिए । पार्वतीले बुबा स्वर्गीय निलबहादुर गुरुङको स्मृतिमा परिवारको तर्फबाट समाजलाई भोजन दान र अक्षय कोषको लागि दुई लाख ५० हजार ५०५ रुपैयाँ प्रदान गरेकी थिइन् ।
बिरामीहरुको सहयोगका लागि अभियानमा युकेमा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका व्यक्तिहरूले सहयोग गरेका छन् । तमु समाज युकेका पूर्वआमा अध्यक्ष (श्रीमान्/श्रीमती) कमल र माया गुरुङले ५० पाउन्ड तथा कृष्ण र श्रीमती रिना गुरुङले ५० पाउन्ड सहयोग गरेका छन् ।
यस्तै, गड ऐन्जिल साउथ ईस्टका अध्यक्ष (श्रीमान्/श्रीमती) धनबहादुर र ममता गुरुङले २५ पाउन्ड, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको उपचेली प्रमुख (श्रीमान्/श्रीमती) सुक र पन्चा गुरुङले २५ पाउन्ड, लालप्रसाद र सुधा गुरुङले २५ पाउन्ड, सिर्जना गुरुङ थालाजुङ युकेले २१ पाउन्ड, अनिता गुरुङले २१ पाउन्ड, रामराज र ऋतु मल्लाले २० पाउन्ड र तमु धीं युकेको सक्रिय आमाले नेपाली १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी, मिलन (हरिराम) र सन्जु गुरुङले ५१ पाउन्ड, सोँपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद र उनकी श्रीमती मनदेवी गुरुङले ३० पाउन्ड, सोँपाल समाज युकेका संस्थापक आमा अध्यक्ष श्रीमान्/श्रीमती कुलप्रसाद र नयन्द्रा गुरुङले २५ पाउन्ड प्रदान गरेका छन् ।
रबिन र स्याबी गुरुङले २५ पाउन्ड, हस्तराम र रत्ना गुरुङले २१ पाउन्ड, डब्लुओटु चित्रबहादुर र देउकुमारी गुरुङले २० पाउन्ड, चन्द्रबहादुर र सूर्यकुमारी गुरुङले २० पाउन्ड, चन्द्रबहादुर र चन्द्रवती गुरुङले २० पाउन्ड, मुक्ताबहादुर र लालकुमारी गुरुङले २० पाउन्ड, रमेश र सरला गुरुङले २० पाउन्ड, सुइन्डन नेपाली समाज युकेका आमा अध्यक्ष (श्रीमान्/श्रीमती) अर्जुन र जयदेवी गुरुङले १५ पाउन्ड प्रदान गरेका छन् ।
सहयोग गर्ने अन्य दाताहरूमा दरौँ गाउँका ज्वाइँ चेलीबेटीका तर्फबाट जम्मा ४ सय २१ पाउन्ड सहयोग भएको समाजसेवी पार्वतीले जानकारी दिएकी छन् । जसमा स्याङ्जा समाज र तमु धीं लन्डन इकाइ अध्यक्ष (श्रीमान्/श्रीमती) भरत र सिर्जना गुरुङ ३० पाउन्ड, गोपीचन र पुनम गुरुङले २५ पाउन्ड, लेखप्रसाद कमला गुरुङ २१ पाउन्ड, लुम्बिनी टेलर्सका विक्रमसिङ र बिष्णुकुमारी गुरुङ २० पाउन्ड छन् ।
लुम्बिनी टेलर्सका कुमार र ओमदेवी गुरुङ २० पाउन्ड, अर्जुन र सुनिता गुरुङ २० पाउन्ड, युवराज र बबिता गुरुङ २० पाउन्ड, तमु समाज युकेको आमा उपाध्यक्ष (श्रीमान्/श्रीमती) चिनबहादुर र मथुरा गुरुङ २० पाउन्ड, तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवचन्द्र र मिरा गुरुङ २० पाउन्ड, सोँपाल समाज युकेका उपाध्यक्ष ध्रुव र अन्तिम गुरुङ २० पाउन्ड रहेका छन् ।
यसैगरी, वीरेन्द्र र रोजी गुरुङले २० पाउन्ड, गीता गुरुङले २० पाउन्ड, राजमाया गुरुङले २० पाउन्ड, तमु बौद्ध संघ काठमाडौंका संस्थापक अध्यक्ष क्या. रामकाजी र कृष्णा गुरुङले २० पाउन्ड, डा. ट्रिस्टेन र रुबिना हेइफिल्डले २० पाउन्ड, लेफ्टेन भिमबहादुर र सेतीमाया गुरुङले २० पाउन्ड, चार भञ्ज्याङ तमु समाज युकेका निवर्तमान अध्यक्ष मेजर कृष्ण र लालदेवी गुरुङले २० पाउन्ड प्रदान गरेका छन् ।
सोँपाल समाज युकेका पूर्वअध्यक्ष क्या प्रेमबहादुर र श्रीमती रत्ना गुरुङले २० पाउन्ड, सोँपाल समाज युकेका कोषाध्यक्ष (श्रीमान्/श्रीमती) प्रताप र आरती गुरुङ १५ पाउन्ड, सागर र आज्मी गुरुङले १५ पाउन्ड तथा नरेश र प्रीति गुरुङले १५ पाउन्ड प्रदान गरेका छन् ।