लन्डन । तमु समाज युकेको युवा समूहले आयोजना गरेको फुटबल प्रतियोगितामा फेल्थहाम एफसी प्रथम भएको छ ।
सेभेन ए साइड फुटबल प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता थियो । प्रतियोगितामा हेज एफसी उपविजेता बन्यो ।
![football-1-1709137573.jpg](https://gurkhamedia.com/uploads/posts/football-1-1709137573.jpg)
फेल्थहाम एफसीका सुदीप गुरुङ उत्कृष्ट खेलाडी र हेज एफसीका स्माइल नेपाली सर्वाधिक गोलकर्ता घोषित भए ।
विजेता टिमले २०० पाउन्ड नगदका साथै ट्रफी र मेडल तथा उपविजेताले १०० पाउन्ड नगद पुरस्कार प्राप्त गरेको तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफी प्रदान गरिएको थियो ।
![football-333-1709137878.jpg](https://gurkhamedia.com/uploads/posts/football-333-1709137878.jpg)
खेल लन्डनको सडबरीस्थित भ्येल फार्म स्पोर्टस सेन्टरमा भएको थियो । सहभागी सबै टोलीले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गरेको गुरुङले बताए ।
प्रतियोगितापछि बरहाम पार्क वेम्बलीस्थित तमु समाज युके कम्युनिटी सेन्टरमा विजयी टोलीलाई पुरस्कार वितरण गरिएको थियो । विजेता र उपविजेतालाई तमु समाज युकेका महासचिव धर्मबल गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
![football-222-1709137831.jpg](https://gurkhamedia.com/uploads/posts/football-222-1709137831.jpg)
ट्रफी र मेडलको प्रायोजन रारा रेस्टुरेन्टका प्रोप्राइटर प्रताप रायमाझीले गरेका थिए । नगद पुरस्कार प्रायोजन भने तमु समाज युके आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ र तमु समाज युकेका अध्यक्ष गुरुङले गरेका थिए ।
पुरस्कार वितरणपश्चात् महासचिव धर्मबल गुरुङले प्रतियोगिता सफल पार्न सहयोग गर्ने खेलाडी, स्वयंसेवक, समर्थक र प्रायोजकप्रति धन्यवादसहित आभार व्यक्त गरे । उनले लन्डन वरपरका युवाबीच फुटबल प्रतियोगिता आयोजना गरेकोमा युवा समूहका अध्यक्ष ओमकार गुरुङ र उपाध्यक्ष प्रज्ज्वलमान गुरुङलाई धन्यवाद दिए ।
![426142022_425139440018615_2378590236010954684_n-1709137994.jpg](https://gurkhamedia.com/uploads/posts/426142022_425139440018615_2378590236010954684_n-1709137994.jpg)
तमु समाज युके युवालाई खेलमार्फत र सामुदायिक भावनामार्फत युवालाई सहयोग र सशक्तीकरण गर्न प्रतिबद्ध रहेको अध्यक्ष गुरुङको भनाइ छ।
सहभागीलाई रारा रेस्टुरेन्टले स्वादिष्ट बफेट सेवा प्रदान गरेको थियो । सुरेश घले र युवा समूहले कार्यक्रम, पेय पदार्थ र कार्यक्रम स्थलको व्यवस्थापन मिलाएका थिए । प्रतियोगिताको फोटोग्राफर समाजका युवा सदस्य टेक गुरुङ रहेका थिए ।
![426828359_1508570003208594_606451329835203901_n-1709138039.jpg](https://gurkhamedia.com/uploads/posts/426828359_1508570003208594_606451329835203901_n-1709138039.jpg)
![football-333-(1)-1709138171.jpg](https://gurkhamedia.com/uploads/posts/football-333-(1)-1709138171.jpg)