लन्डन । चार भन्ज्याङ तमु समाज यूकेले हरेक वर्षझैं आउँदो २ मार्चमा वार्षिक परोपकारी रात्रिभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
शनिबार २ मार्च २०२४ मा नेपालबाट आएका बहुचर्चित लोकदोहरी गायिका निर्जला गुरुङ र गायक सविन गुरुङको सांगीतिक प्रस्तुतिसहित रात्रिभोज आयोजना गरिएको हो । कार्यक्रम फेल्थाम कम्युनिटी कलेजमा हुने चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले जानकारी दिए ।
अध्यक्ष बेनकुमारले परोपकारी रात्रिभोज कार्यक्रमले चार भन्ज्याङअन्तर्गत ग्रामीण स्थलहरुका शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमले आत्मीय सद्भावका लागि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बेनकुमारले आशा व्यक्त गरे । 'परोपकारी कार्यक्रममा यहाँहरुलाई मनोरञ्जन दिनका लागि नेपालबाट पाल्नुभएका करोडौं दर्शकको मन जित्न सफल अत्यन्तै चर्चित गायक/गायिका निर्जला गुरुङ र गायक सविन गुरुङको सांगीतिक प्रस्तुति रहनेछ । यस महत्वपूर्ण कार्यक्रमले चार भन्ज्याङ तमु समाज तथा वि भिन्न अन्य समाजका अगुवाइ एवं दाज्यूभाइ, दिदीबहिनी, शुभचिन्तकज्युहरु साथै चार भन्ज्याङ समाज परिवारका दाजुभाइ, दिदीबहिनीलगायत आफन्तजनहरुमाझ आत्मीय सद्भभावका लागि महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने आशा लिएका छौं ।'
समाजले आयोजना गरेको कार्यक्रममा चार भन्ज्याङ तमु समाजका सम्पूर्ण मान्यजन महानुभावहरुलाई उपस्थितिका लागि अध्यक्ष बेनकुमारले अनुरोध गरेका छन् ।
चार भन्ज्याङ तमु समाज यूकेले परोपकारी कार्यक्रम आयोजना गर्दै नेपालका विभिन्न ठाउँहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ । विशेषगरी चारभन्ज्याङ गाउँमा स्थापना भएको चार भन्ज्याङ स्वास्थ्य केन्द्र (टेलिमेडिसिन) संचालनले स्थानीय ग्रामीणवासी तथा नेपालका विभिन्न जिल्लाहरुबाट आई हालसम्म २९ हजारभन्दा बढीले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको साथै यसै स्वास्थ्य केन्द्रमा कार्यरत ४ जानलाई तलब भत्ताको समेत राम्रो व्यवस्था गरेको समाजले जनाएको छ ।