पाेखरा । लोक तथा दोहोरी क्षेत्रमा एक परिचित नाम हो, सरिता सारु मगर । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय संघ कास्कीको अध्यक्षसमेत रहेकी सारु मगर विगत १६ वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छिन् ।
उनले ‘यो जिन्दगी के छ र’, ‘तानेर लैजाउँ कि क्या हो’, ‘अभागिनी’, ‘तिमी अनि म’, ‘सालैजो’, ‘झल्को आउँछ, रुन मन लाउँछ’, लगायतका गीत स्रोत दर्शकमाझ ल्याइसकेकी छन् ।
विगतमा पोखराकोे चिप्लेढुंगास्थित निरमाया दोहोरी साँझमा एक दशकसम्म गीत गायिका उनी हाल फेवा टेलिभिजन, रोधी टेलिभिजन र गोर्खा मिडिया युट्युब च्यानलबाट प्रसारित हुने लाइभ दोहोरी कार्यक्रममा व्यस्त छिन् । उनको माग जतासुकै बढ्दो छ ।
२०६४ माघदेखि लोक तथा दोहोरी क्षेत्रमा पाइला टेकेकी उनले सबैतिरबाट आफ्नो प्रशंसा सुन्दा खुसी व्यक्त गर्दछिन् । स्टेज कार्यक्रमका लागि विभिन्न जिल्ला घुमिसकेकी उनले कौडा गीत तथा चलचित्रको गीतमा पनि स्वर भरेकी छन्।
सांगीतिक क्षेत्रमा आफू लहैलहैमा लागेको उनको भनाइ छ । पोखरामा सुरुमा मनसुदन थापाले दोहोरी गाउन अफर गरेसँगै उनी दोहोरी साँझमा निरन्तर जमेकी हुन्।
गीतसंगीतमा अचेल विकृति आएकोमा उनलाई दुःख लाग्छ । उनी भन्छिन्, ‘कतिपयले विकृति ल्याउनुभएको छ भने कतिपयले आफ्नो संस्कृति जोगाउनुपर्छ भन्ने तरिकाले लाग्नुभएको छ।’
तनहुँ बन्दीपुरमा जन्मिएकी सरिताले आगामी दिनमा पनि दर्शकको मायासँगै यसरी नै गीत संगीतमा क्रियाशील हुने बताउँछिन् ।
1699639393.jpg)
1699639388.jpg)
1699639387.jpg)
1699639384.jpg)
1699639384.jpg)
1699639380.jpg)
1699639377.jpg)
1699639376.jpg)

