लन्डन । गायिका सलोमी गुरुङ यतिबेला बेलायतमा सांगीतिक भ्रणममा छिन् ।
तमु धीं यूकेको आयोजनाा हुने ‘त ल्हो ल्होछार उत्सव-२०२५’मा सहभागी हुन सलोमी यहाँ आएकी हुन् । उनले २७ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुने ल्होछार कार्यक्रममा प्रस्तुति दिने छिन् ।
सलोमी नेपाल आइडल सिजन ६ मा द्वितीय भएकी थिइन् । सलोमी गायक केशबहादुर गुरुङसहित २१ डिसेम्बरमा लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । हिथ्रोको टर्मिनल ४ मा सलोमी र केशबहादुरलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं ल्होछार कार्यक्रम संयोजक परशु गुरुङ, उनकी पत्नी नन्दा गुरुङ, उपाध्यक्ष कमल गुरुङ, दिलमाया गुरुङ, उनका श्रीमान् एवं गिलुङ समाज यूकेका अध्यक्ष नन्द गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ र उनकी श्रीमती, कोषाध्यक्ष प्रेम गुरुङ, सांस्कृतिक सचिव विनु गुरुङ, पूर्वकोषाध्यक्ष मेजर बुद्धि गुरुङ, तमु प्ये ल्हु संघकी पूर्व फस्ट लेडी पार्वती पर्जु तमु, डेबिड आर्मटिजलगायतले खादा, पुष्पगुच्छा र रिपा लगाइदिएर स्वागत गरे ।
कलाकारको स्वागतका क्रममा तमु प्ये ल्हु संघ यूके आमा समूहकी निवर्तमान अध्यक्ष विष्णु टु क्ल्हेप्री, उनका श्रीमान् कुल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटोग्राफर मिलन तमुलगायत एयरपोर्ट पुगेका थिए ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायतमा त ल्हो ल्होछार मनाउँदै छन् ।
ल्होछार कार्यक्रममा परिवारका साथ उपस्थितिका लागि तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशु गुरुङले तमु समुदायसहित सबै यूकेवासी नेपालीहरूलाई निमन्त्रणासमेत गरेका छन् ।









