Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • को हुन् नुवाकोटका प्रदेशसभा सदस्यका उम्मेदवार राधिका तामाङ ?
को हुन् नुवाकोटका प्रदेशसभा सदस्यका उम्मेदवार राधिका तामाङ ?
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, असोज २७, २०७९

निडर र लक्ष्यप्रति दृढ स्वभावका राधिका तामाङ बाल्यकालदेखि नै राजनीतिक मैदानमा हुनुहुन्छ । नेपालको केन्द्रीय राजधानी काठमाडौंको साँध नुवाकोट शिवपुरी गाउँपालिका–३ (साविक लिखु गाविस-४)  पोखरेमा वि.सं. २०४० साउन १७ गतेमा जन्मिनुभएका तामाङ १४ वर्षकै उमेरमा संगठित हुनुभएको हो । पारिवारिक पृष्ठभूमि राजनीति र व्यक्तिगत असामान्य क्षमताका कारण हुनसक्छ, सानै उमेरमा उहाँले 'ठूलो जिम्मेवारी' सम्हाल्ने अवसर पाउनुभयो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको आँधीबेहरीमय दिनहरु व्यतित गर्नुभएका तामाङ विद्रोही जनसरकार प्रमुखदेखि, संविधानसभा सदस्य, नेपाल सरकारको मन्त्री र वाग्मती प्रदेश उपसभामुखसम्म बनिसक्नुभएको छ । 

बुवा शेरबहादुर र आमा राम्री तामाङको ३ छोरीमध्ये कान्छी राधिका विद्यालय पढ्दै गर्दा ०५५ मा अनेरास्ववियु (क्रान्तिकारी)मा संगठित हुनुभयो । बुबाले नेपाली सेनामा रहेर काम गर्दा देखेको पीडा र आमाले पंचायतकालमा वडाध्यक्ष भएर राजनीतिमा देखाउनुभएको अग्रसरता र समाजमा व्याप्त विभेद र असमानताले राजनीतिमा होमिन प्रेरित गरेको बताउनुहुन्छ तामाङ ।

उहाँले राजनीति थाल्दा नेपालमा अशान्ति थियो । त्रास थियो । देशको अवस्था कता जान्ने भन्ने अन्योल थियो । तर अन्याय र विभेदका विरुद्ध जनताको सचेत विद्रोह आवश्यक ठानेर उहाँ माओवादी जनयुद्धका निम्ति ०५७ बाट भूमिगत हुनुभयो । त्यो समयबाट राजनीति अँगाल्नुभएका तामाङ पार्टीको सैन्य संगठन जनमिलिसियादेखि एरिया कमिटी, जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्यको भूमिकामा पुगिसक्नुभएको छ । उहाँ तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य बन्नुभयो भने तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य र सल्लाहकार हुनुहुन्छ । 

विद्यार्थी संगठनमा बस्नु र माओवादीलाई समर्थन गर्नु पनि राज्यको नजरमा आतंककारी ठहरेपछि अध्ययन थाती राख्दै भूमिगत हुनुभएकी तामाङ धेरै पटक राज्यका सुरक्षाकर्मीसँगको मुठभेट बेहोर्नुभयो । तत्कालीन शाही सेनाको घेराबाट उम्केर बाँचेको अविष्मरणीय घटनाहरु ताजै रहेको उहाँ सुनाउनुहुन्छ । भूमिगत अवस्थामा निकै कष्टसाध्य अवस्थाहरु पार गर्दै नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, गोरखालगायत जिल्लामा संगठनात्मक कार्यमा सहभागी हुनुभयो । माओवादीले समान्तर सत्ता अभ्यासका लागि स्थापना गरिएको जनसत्ताको नुवाकोट जिल्ला जनसरकार प्रमुख भएर वि.सं. २०६१ देखि ०६३ सम्म जिम्मेवारी निभाउनुभयो ।

जब मुलुकमा ०६२/६३ को जनआन्दोलनपछिको राजनीतिक परिवर्तन र विस्तृत शान्ति सम्झौतासँगै सशस्त्र जनयुद्धको विधिवत् अत्न्यपछि खुला राजनीतिक जीवनमा सक्रिय रहनुभयो । भनौं 'बुलेटबाट ब्यालेट'तर्फ । युद्धकालमा पार्टीले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गरेकै कारण उहाँले युवा उमेरमै पार्टी र राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभयो । 

निवर्तमान प्रदेश उपसभामुख तामाङले २०७० सालको संविधानसभा निर्वाचनबाट संविधानसभा सदस्य र २०७३ साउन २९ देखि २०७४ जेठ २४ सम्म नेपाल सरकारको कृषिराज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने २०७४ को निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ क बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभयो । त्यसपछि वाग्मती प्रदेशसभामा उपसभामुखको पद पाँच वर्ष कार्यकाल भर्खरै टुंग्याउनुभएको छ । ३९ वर्षीय राजनीतिक तामाङको यात्रा फेरि नयाँ जनादेशतर्फ मोडिएको छ ।  

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (१) मा प्रत्यक्षतर्फ चुनावी मैदानमा हुनुहुन्छ राधिका तामाङ । अघिल्लो निर्वाचनमा वाम गठबन्धन अर्थात् नेकपा माओवादी केन्द्र र नेकपा एमालेको साझा उम्मेदवार बन्नुभएका तामाङ यसपटक हिजोका प्रतिस्पर्धी दल नेपाली कांग्रेसको समर्थनमा चुनाव लड्दै हुनुहुन्छ । 

हेरौं संक्षिप्त विवरण
नाम : राधिका तामाङ             
बुवा : शेरबहादुर तमाङ       
आमा : राम्री तामाङ
जन्म : वि.सं. २०४०।०४।१७     
श्रीमान् : डिबी तामाङ
छोरा : रिदम तामाङ
शिक्षा : प्रमाणपत्र तह

जिम्मेवारी
वि.सं. २०५५ मा अनेरास्ववियु (क्रान्तिकारी) इकाई सदस्य ।
नेकपा (माओवादी) जनमिलिसिया, अनेम संघ (क्रान्तिकारी) जिल्ला कोषाध्यक्ष, सचिव । 
नेकपा (माओवादी) को एरिया कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, सहसचिव, राज्य समिति सदस्य हुँदै २०७३ मा केन्द्रीय सदस्य
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय सदस्य । 
नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य, हाल सल्लाहकार ।
वि.सं. २०६१ वैशाखबाट २०६३ सम्म नुवाकोट जिल्ला जनसरकार प्रमुख ।
वि.सं. २०७०।१०।०८ देखि २०७२।०६ सम्म संविधानसभा सदस्य । 
वि.सं. २०७२।०६ देखि २०७४।७।४ गतेसम्म व्यवस्थापिका संसद् सदस्य ।
वि.सं. २०७३ साउन २९ देखि ०७४ जेठ २४ सम्म नेपाल सरकारको राज्यमन्त्री ।
वि.सं. २०७४ माघ ७ गतेदेखि प्रदेशसभा सदस्य ।
वि.सं. २०७४ माघ २८ गतेबाट प्रदेशसभा उपसभामुख ।

भूमिगत :
वि.सं. २०५७ देखि वि.सं. २०६३
घाइते : शान्ति प्रक्रियापश्चात् राजनीतिक आन्दोलनको क्रममा दुई पटक घाइते

गिरफतारी : 

राजनीतिक आन्दोलनको क्रममा पटक-पटक गिरफ्तारी र रिहा

विदेश भ्रमण :
फ्रान्स, सन् २०१५, विश्व वातावरण (कोप) सम्मेलन–प्रतिनिधित्व नेपाल सरकार ।
इटली, सन् २०१७ जनवरी, 16th Commission on Genetic Resources for Food and Agriculture (CGRFA), FAO–प्रतिनिधित्व नेपाल सरकार।
स्वीजरल्यान्ड, सन् २०१७ मे, High Level meeting of conferences of the Parties to the Basel Rotterdam and Stockholm Convention, (UNEP, FAO…), प्रतिनिधित्व नेपाल सरकार।
बेलायत, सन् २०१७ जनवरी, ल्होछार कार्यक्रम।
अनौपचारिक भ्रमण – बेल्जियम, जर्मनी, नेदरल्यान्ड, कतार 


प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप व्यक्तित्व
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
लोकदोहोरीमा उदीयमान सन्तराज
लोकदोहोरीमा उदीयमान सन्तराज बुधबार, पुस १८, २०८०
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ 
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ  शनिबार, मंसिर ९, २०८०
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्