लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली चलचित्रका महानायक राजेश हमाल क्याम्बर्लीमा रहेको एभरेस्ट वर्ल्ड फुड्स सुपरमार्केट र एभरेष्ट स्पेसालिटी क्याफे भ्रमणमा पुगेका छन् ।
नेपाली सफल व्यवसायीहरुले आइतबार २० अगस्टदेखि सञ्चालनमा ल्याएको सुपरमार्केट र क्याफेमा महानायक हमालले शनिबार भ्रमण गरेका हुन् । नायक हमालले ठूलो लगानीमा सुपरमार्केट खुलेकोमा खुशी व्यक्त गरेका थिए ।
हमालले करिब आधा घण्टाको बसाईमा सुपरमार्केटका विशेषताबारे जानकारी लिएको र कफी खाएर निस्किएको एभरेस्ट क्यास एन्ड क्यारी होलसेल ग्रुपले जनाएको छ ।
सुपरमार्केटमा सबै खालको ग्राहकलाई लक्षित गरी ओरिन्टल प्रोडक्स्, ब्रिटिस, भेजिटेबल, अफ्रिकन, इंग्लिस, चाइनिज, कोरियन, जापानिजलगायत विभिन्न देशका प्रोडक्ट पाइने सञ्चालकहरुले बताएका छन् । त्यस्तै खानाको हिसाबले तरकारी, मासु साथै पेय पदार्थ पनि एभरेस्ट फुड्स्मा पाइन्छ ।
कफी सपमा विभिन्न परिकारका कफीसँगै बबल टी, केक, आइसीक्रिमलगायत पनि राखिएको सञ्चालकहरुले बताएका छन् । कफी सपमा एकैपटक ४० जना ग्राहक अटाउने क्षमता रहेको समेत जनाइएको छ ।