लन्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा अध्यक्ष गोलमान गुरुङको नेतृत्वमा भएको साधारणसभामा कोषाध्यक्ष रामबहादुर गुरुङले आर्थिक प्रतिवेदन र महासचिव हरिमाया (भावना) गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा परिवारका सदस्यहरुले समाजको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै बर्षभरि भएका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गरेका थिए ।
धम्पुस पोखरी घोताने परिवार नेपालका अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङले हाल धम्पुस पोखरी टोलमा हुँदै गरेका विकासका गतिविधि र भाबी योजनाहरु प्रस्तुत गरे । सुखवती बौद्ध गुम्बा पोखराका प्रमुख लामा मनबहादुर गुरुङले पनि खुशी व्यक्त गर्दै छोटो मन्तव्य राखे ।
अगष्टमा लामागुरु मनबहादुर गुरुङ र क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङसँग कोर्नवाल र स्कटल्याण्ड भिजिट तय गरेको अध्यक्ष गोलमान गुरुङले बताए ।
धम्पुस पोखरी घोताने परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भने सेप्टेम्बर १६ मा एम्पायर हल अल्डरसटमा बिहान ११ बजेदेखि बेलुकीको १० बजेसम्म हुनेछ । प्रमुख अतिथि आफ्नै परिवारका मेयर निना (मञ्जु) गुरुङ, बिशेष अतिथी लामा मनबहादुर गुरुङ र क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ रहने बताए ।
कार्यक्रममा नेपालबाट आउने कलाकार र परिवारको प्रस्तुति रहनेछ । साथै भाग्यशाली चिट्ठाका लागि राफल 'ड्र' हुनेछ ।
कार्यक्रममा मेयर निना (मञ्जु) गुरुङ र ताईकाजी गुरुङ्गलाई बधाई तथा शुभकामना, नेपालबाट आएका लामा मनबहादुर गुरुङ र क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ साथै दिदीबहिनीहरुलाई स्वागत, उच्च शिक्षा हासिल गरेका छोराछोरी र भान्जाभान्जीहरुलाई बधाई तथा शुभकामना, नव विवाहित दम्पत्तिलाई बधाई कार्यक्रम हुनेछ ।
गाउँ र समाजमा राम्रो काम गर्ने दाजुभाई तथा दिदीबहिनीहरुलाई बधाई तथा सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष गोलमान गुरुङले जानकारी दिए । उनले नै कार्यक्रमको संयोजन गर्नेछन ।