लन्डन । बेलायतमा लामो समयदेखि फाइनान्सियल सेवा प्रदान गर्दै आएको पीपल ग्रुपले साउथ इस्ट लन्डनको वेस्लीहिथमा नयाँ शाखा खोलेको छ ।
औपचारिक समारोह गरी वेस्लीहिथमा नयाँ शाखा विस्तार गरिएको हो । पीपल ग्रुपका निर्देशक सूर्यप्रकाश गुरुङले ग्राहकहरुकै माया, सद्भावसँगै सुविधाका लागि वेस्लीहिथमा नयाँ शाखा विस्तार गरिएको बताए ।
सात वर्षअघि सुरु भएको पीपल ग्रुपले बेलायतमा मोर्गेजेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमर्शियल फाइनान्स, विल्स तथा प्रोपर्टी सेल्स, लेटिङ्गस, म्यानेज्मेन्टलगायतका सेवा प्रदान गर्दै आएको छ । आफ्नो कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन साथ सहयोग गर्ने सम्पूर्ण ग्राहक एवम् शुभचिन्तकहरुलाई धन्यवाद दिँदै निर्देशक गुरुङले अझै उत्कृष्ट सेवा दिने कोसिस रहेको बताए ।
पीपलका मार्केटिङ्ग म्यानेजर मिलन गुरुङले संचालन गरेको शाखा शुभारम्भ कार्यक्रममा बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, पूर्वअध्यक्ष बिजय गुरुङ, राजेश पाठक, सुशील प्रजापति, सचिन श्रेष्ठ, लछुमन गुरुङ, डा सुदर्शन गुरुङ, सूर्य केसी, सुरज मास्के, स्थानीय नेपालीहरुको समेत बाक्लो उपस्थिति थियो ।
बेलायतकै पहिलो नेपाली फाइनान्सियल पीपल ग्रुपका फानबोरो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीडवर्थ र वेस्लीहिथसहित ६ स्थानमा शाखा छन् । वेस्लीहिथ शाखाको प्रमुखमा पल्लवी श्रेष्ठ तथा केबिन शेन प्रिती गुरुङलाई जिम्मेवारी दिइएको छ । पीपल ग्रुपमा हाल ४० जनाभन्दा धेरैले रोजगारी पाएका छन् । प्रधान कार्यालय भने नेपालीहरुको बाक्लो बसोबास रहेको रस्मुर बरो काउन्सिलको फार्नबोरो नर्थ क्याम्पमा रहेको छ ।