कस्ले भन्यो हिजो
गोर्खाली हार्यो ?
न त्यो गोर्खे कहिल्ले हार्यो
न कतै हार्ने नै छ
गोर्खाली अदालतमा हार्ला
तर स्वाभिमानको शानमा कहिले हार्दैन ।
गोर्खाली अनिश्चित क्षण हार्ला
तर अखण्डता र गौरवतामा कहिले हार्दैन
यो त सेतो दूधले
खिरको प्रसाद पकाए जस्तै हो
प्रसाद मीठो हुन्छ
सप्पैले खान्छ्न्
तर कृषक भोकै हुन्छ
किनकि उ सँग
दूध हुन्छ, चामल हुन्न
खेत हुन्छ, अन्न फल्दैन
तिर्खा हुन्छ, मुहान हुन्न ।
अर्थात्,
वक्रग्रामीको यो सिकायत खेलमा
त्रिपक्षीय सन्धिको
कठ्पुतलीले चपाएका अक्षरहरुलाई
ओल्टाई–पल्टाई
गिद्धे आँखा बिच्छ्याएर
पुन हेरिन्छन्
पटक–पटक र भनिन्छ
‘गोर्खे’ त्यो तिम्रो तमसुकमा
गोमनले फणाँ जमाएर राज गरेको छ
अब त्यो उल्टिनु पर्छ
अब त्यो जल्नु र जलाउनु पर्छ
अरु उपाए छैन अब गोर्खाली कमरेड
डस्ने गोमनको मणि उखाल्नु पर्छ ।
“गोर्खाली अदालतमा हार्ला
तर स्वाभिमानको सानमा कहिले हार्दैन,
गोर्खाली अनिश्चित क्षण हार्ला
तर अखण्डता र गौरवतामा कहिले हार्दैन ।”