लण्डन । चारघरे आमा समूह यूकेको आयोजनामा गुरुङ चलचित्र ‘रिपा’ को च्यारिटी शो २३ अप्रिल २०२३ का दिन लण्डन पोष्ट अफिस एण्ड सोसियल स्पोटस् क्लबमा सम्पन्न भएको छ ।
उक्त च्यारिटी तनहूँको भानु नगरपालिका ७ मा अवस्थित चण्डिका बालगृहको सहयोगार्थ गरिएको हो । गुरुङ समुदायमा किन रिपा लगाइन्छ ? रिपाको मनोबैज्ञानिक असर बिषयमा अहिले घटिरहेको प्रेमकथा, प्रेम बियोगपछी डिप्रेशन अनि त्यसबाट मुक्त हुन गरिने प्रयास आदि सरल कथामा बनेको रिपा चलचित्र पारिवारिक तथा सामाजिक फिल्म हो । चलचित्रमा आनन्द गुरुङ, सीमा गुरुङ, सन्तोषी गुरुङ, इना गुरुङ, तालिशा गुरुङ, आशिष गुरुङ, डी बाई गुरुङ, कृष्ण गुरुङलगायत कलाकारले अभिनय रहेको छ ।
चलचित्रको लेखन, निर्माण, निर्देशन प्रितम गुरुङले गरेका हुन् । रिपा प्रदर्शनको लागि निर्देशक गुरुङ बेलायत आएका हुन् । चलचित्र प्रदर्शन पछि प्रितम गुरुङलाई सम्मान समेत गरिएको छ ।
चलचित्र हेर्नका लागि तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष जगत गुरुङ, पूर्व सचिव भेकलाल गुरुङ, लण्डन इकाई तमु धीं युेकका अध्यक्ष विष्णु गुरुङ, बीसीसीयुके लण्डन शाखाको आमा समूहका अध्यक्ष दिलमाया गुरुङ, ब्रिटिस गोर्खा नेपालिज एशोसिएशनका अध्यक्ष शान्ता गुरुङ, बीसीसी यूकेका पूर्व अध्यक्ष लेप्टेन नारायण गुरुङ (बीईएम), नुमा फिल्मका निर्माता ओमेन्द्र गुरुङ, श्रीप्रसाद गुरुङ, तमु कलाकार संघ यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, पाते १ र २ का नायिका सरु गुरुङ राना र अनिता गुरुङ, चारघरे आमा समूहका दुर्गा गुरुङ, गुड्डु गुरुङ, तुलसी गुरुङ, लक्ष्मी गुरुङलगायतको उपस्थिति थियो ।
प्रदर्शन पश्चात् रिपालाई राम्रो अनि सन्देशमूलक र युवावर्गले हेर्नुपर्ने भन्दै दर्शकहरूको सकारात्मक प्रतिक्रिया दिएका थिए । प्रितम गुरुङको ४९ औं चलचित्र रिपा आगामी ३० अप्रिल साँझ ४ बजे एम्पायर हल अल्डरसट यूकेमा प्रदर्शन हुने निर्देशक गुरुङले जानकारी दिए ।