काठमाडौं । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा "द पोयट आइडल" प्रथम संस्करणका विजेता निलम गुरुङलाई गुरुङ समुदायको तर्फबाट बधाई तथा सम्मान गरिएको छ ।
केन्द्रीय कार्यालय, मित्रनगर काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा संस्थाका संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा र केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष आर.बी. गुरुङको अध्यक्षतामा निलमलाई बधाई तथा सम्मान दिइएको छ । आइडल गुरुङ, गुरुङका पिता दिलीप गुरुङ र आमा बसुन्धरा गुरुङ र सिक्किम सरकारका प्रतिनिधि गोपाल शिवाकोटीलाई फेटा र क्रमुले सम्मान गरिएको थियो भने विजेता निलम गुरुङलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी तमू बौद्ध सेवा समिति, तमू (गुरुङ) कलाकार संघ, तमू (गुरुङ) संचारकर्मी संघ, तमू (गुरुङ) पर्यटन व्यावसायी संघ, तमू (गुरुङ) विद्यार्थी छोंज धीं, तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद,तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् वाग्मती प्रदेश समिति, काठमाडौं र ललितपुर जिल्ला समितिबाट समेत विजेता निलमलाई सम्मान गरिएको थियो ।
सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा अतिथिहरु संरक्षक परिषद् सदस्य डेलमान गुरुङ, केन्द्रीय सल्लाहकार डाक्टर टेकबहादुर गुरुङ, रामकाजी कोने, लिलबहादुर गुरुङ, लालकाजी गुरुङ, सिक्किम सरकारका प्रतिनिधि गोपाल शिवाकोटी, तमू बौद्ध सेवा समितिका अध्यक्ष क्याप्टेन नारायण गुरुङ, महासचिव पुष्पबहादुर गुरुङ, नेपाल तमू विद्यार्थी छोंज धींका अध्यक्ष विश्वराज गुरुङ, तमूस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष सिता गुरुङ, तमू युवा ह्युल छोंज धींका उपमहासचिव राकेश गुरुङ, निर्देशन तथा अनुगमन सदस्य अनिता गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङ, तमू (गुरुङ) पर्यटन व्यवसायी संघका पूर्वअध्यक्ष कमला गुरुङ, वरिष्ठ उपाध्यक्ष बाबुराम गुरुङ, तमू (गुरुङ) कलाकार संघका पूर्वअध्यक्ष धर्मराज (राजु) गुरुङ, कोषाध्यक्ष बलबहादुर गुरुङलगायत उपस्थित थिए ।
कार्यक्रममा डेलमान गुरुङ, रामकाजी कोने, गोपाल शिवाकोटी, निलम गुरुङ र प्रमुख अतिथि रेशम गुरुङले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य संस्थाका सचिव देवकुमारी गुरुङले राखेकी थिइन् भने धन्यवाद ज्ञापन संस्थाका कोषाध्यक्ष श्रीप्रसाद गुरुङले राखेका थिए ।
कार्यक्रम संस्थाका महासचिव डम्बरबहादुर गुरुङले संचालन रेका थिए समापन कार्यक्रमका अध्यक्ष संस्थाका वरिष्ठ उपाध्यक्ष आरबी गुरुङले गरेका थिए ।