राजाराम पौडेल ।
पोखरा लेकसाइड खहरेको स्ट्रिट नम्बर २१ ‘ए’ मा रहेको प्यासन नेपालमा पुग्दा केही बालबालिका भेटिए । कोही अतिथिलाई स्वागत गर्दै थिए । कोही बस्ने ठाउँ देखाउँदै । केही भने अर्डर टिप्दै थिए । कोही पाहुनालाई खानेकुरा लिन किचनसम्म दौडन्थें । बारम्बार पाहुनालाई केही सेवा गर्नुपर्ने छ की भन्दै सोध्थें । हातमा क्याल्कुलेटर लिएर हिसाब गर्ने मात्र नभएर पाहुनाको विवरण संकलन गर्नेहरु समेत त्यहाँ थिए ।
उनीहरुले उपस्थित पाहुनाको मन समेत जिते । पस्केका खानेकुरा मिठो मान्दै खाँदै पाहुनाले प्रंशसा गर्दै हौसाए पनि । सबैजना उत्साहित मात्र थिएनन् रमाइलो मान्दै फूर्तीका साथ काम गरिरहेका थिए । यसरी काम गरिरहेका उनीहरु पेशाले सेफ, वेटर त होइनन् । विभिन्न विद्यालयमा अध्यनरत बालबालिका हुन् ।
उनीहरु एउटै उमेर समूहका थिएनन् । एउटै विद्यालयमा पढ्दैनन् । भूगोल, रितिरिवाज समेत समान छैन । तर, उनीहरु सबै एक अर्कामा घुलमिल भएर मिलेर काम गर्दै थिए । यो अवसर जुटाएको थियो स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालले ‘स्टार्स समर क्याम्प २०७९’ नामको कार्यक्रम गरेर ।
फूर्सदको समयमा टिभी, मोबाइल, ल्यापटपमा झुम्मिने बाबुनानी यसरी रमाइरहेको देख्दा उनीहरुको अभिभावक समेत खुशी थिए । दश दिने यो कार्यक्रममा पोखरासहित लमजुङ र काठमाण्डौंका १९ जना बालबालिका सहभागी बनें ।
कार्यक्रममा सहभागी बन्नेमा लिवन गुरुङ, आहन गौचन, आर्दश गुरुङ, रिद्यान्स शेरचन, उत्कृष्ट शाक्य, ओजिन गुरुङ, किर्भानी गौतम, अपिल गुरुङ, रिद्धि श्रेष्ठ, आहना पौडेल, असिम लिम्बु, रोनित गुरुङ, श्रृष्टि गुरुङ, हरी मगर, सार्थक कार्की, पृथक कार्की, सुलक्ष गुरुङ, श्रव्या गुरुङ र सानभी श्रेष्ठ थिए ।
पोखराको टप्स माविमा कक्षा ९ मा अध्ययनरत रोनित गुरुङले समर क्याम्प रमाइलो भएको बताए । आर्ट गर्न र नृत्यमा बढी रुचि राख्ने उनले कला क्षेत्रमा केही गर्ने सपना पालेको सुनाए । मदरल्याण्ड माविमा कक्षा ५ मा अध्ययनरत आहना पौडेलले क्याम्पमा धेरैं कुरा सिक्न पाएको सुनाइन् । भविष्यमा डाक्टर बन्ने सपना बुनेकी उनले विभिन्न नयाँ कुरा सिक्न तथा बाहिरको वातावरण बुझ्न हाइकिङ गर्न जान पाएकोले झनै रमाइलो भएको बताइन् ।
पोखराको सेन्ट म्यारिज स्कुलमा कक्षा ७ मा अध्ययनरत श्रव्या गुरुङले साथीहरुसँग मिलेर सिक्न पाउँदा एकदमै रमाइलो लागेको सुनाइन् । भविष्यमा सेफ बन्ने बताएकी उनले कार्यक्रममा आफ्नो प्रतिभा बुझ्न पाएकोमा खुशी व्यक्त गरिन् । कक्षा ३ मा अध्ययनरत रिद्यान्स शेरचनले विभिन्न खेल खेल्न पाएको, स्विमिङ गर्न पाएको झनै उत्साहित बनेको सुनाए । सेन्ट म्यारिज स्कुलमा पोखरामा ३ कक्षामा अध्ययनरत रिद्धि श्रेष्ठ र सानभी श्रेष्ठले विदाको समयमा नयाँ साथीहरुसँग रमाइलो गर्दै सिक्न, घुम्न पाएकोले राम्रो लागेको बताए ।
वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर कार्यक्रम भएको हो । क्याम्पमा बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गरें । उनीहरुले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा मात्र बुझन् पाएनन् साथीहरुबीच आत्मियता बढाउदै आत्मनिर्भर बन्न सिकें ।
क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, जुम्बा, स्विमिङ सहित अन्य रमाइला इन्डोर तथा आउट डोर गेम खेल्न पाएका थिए ।
स्टोरी टेलिङ, अभिनय, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, फेसन वाल्क, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सिप मात्र नभएर हाइकिङ मार्फत लुम्ले, अष्ट्रेलियन क्याम्प, धम्पुस लगायतका ठाउँ घुम्न अवसर उनीहरुलाई मिल्यो ।
क्याम्प अवधिभरमा कुल ३२ वटा क्लास मार्फत नेपाली तथा विदेशी प्रशिक्षकले बाबुनानीलाई रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गरेंको स्टार्स फाउन्डेसनका कोषाध्यक्ष दीपक गुरुङले बताए ।
बालबालिकालाई सहजीकरण गर्न आफना्े क्षेत्रमा स्थापित बनिसकेका व्यक्तिहरु पुगेका थिए । जसमा जोहन्ना स्कट, कृष्टिना सापकोटा, विशाल गुरुङ, रेकमाया गुरुङ, परिवर्तन, अजय लामा, सञ्जय गुरुङ, विर्खु घले, एलेक्स नेपाली, जोन अगष्टाइन, केयर सिँह गुरुङ, सुरज गुरुङ, हिमानी गुरुङ, सुनिल बराल, सुबास्ना गुरुङ, जुना श्रेष्ठ, अनिता गुरुङ, सिमा गुरुङ, सजनी बंशी, प्रज्याल मगर, नर्वु ह्याल्मो, हेमकान्ती गुरुङ, दीपक गुरुङ, जसु गुरुङ, शान्ति गुरुङ लगायत थिए ।
क्याम्पको समापन कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची लगायतका अतिथि र बाबुनानीका अभिभावक पुगें । यसरी पुगेका उनीहरुलाई १० दिनसम्म आफूले सिकेको प्रतिभा समेत देखाए । उनीहरुले फेसन वाल्क, गायन प्रस्तुती, नृत्य प्रस्तुती र योगा प्रस्तुती देखाउँदा सहभागीले हौंसला प्रदान गरें । उनीहरुको प्रस्तुती हेरिसकेपछि कुलपति विखर्चीले बालबालिकाको लागि यस्ता कार्यक्रम आवश्यक भएको बताए । त्यतीकै खेर जाने समयलाई सदुपयोग गर्ने यस्ता कार्यक्रमले बालबालिकालाई प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने उनको भनाई थियो । विखर्चीलाई बालबालिकाले सानो काठमा कोरेको सुन्दर चित्र उपहार स्वरुप प्रदान गरें ।
क्याम्पमा प्राप्त नयाँ प्रतिभा पहिचान, सामूहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतले उनीहरुलाई आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गरिएको आयोजक संस्थाकी अध्यक्ष जसु गुरुङले बताइन् ।
१० दिने कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएका थिए । कार्यक्रम पोखरामा दोस्रोपटक आयोजना गरिएको हो । यस्ता कार्यक्रमलाई निरन्तर आयोजना गर्ने आयोजकको भनाई छ ।