पोखरा । 'राष्ट्रिय संस्कृति संरक्षण गरौं, ट्होटें पर्व भव्यताका साथ मनाऔं’ भन्ने मूल नाराका साथ तमुधिं नेपालको आयोजनामा पोखरामा चैत महिनाको अन्तिम मंगलबार ट्होटें पर्व मनाइएको छ । साउन र चैत महिनाको अन्तिम मंगलबार, वर्षमा दुई पटक तमुधिंको आयोजना ट्होंटे मनाउने गरिएकोछ ।
ऐतिहासिक, तमु सभ्यता र संस्कृति एवम् सद्भावको ट्होटें पर्व पोखरा रंगशालाबाट तमु भेषभुषा, बाजागाजा, झाँकीसहित साँस्कृतिक बृहत् प्रदर्शनसहित लखनचोक, नयाँबजार हुँदै तमुधिं नेपालमा विशेष समारोह मनाएको हो । समारोहको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-९ नयाँबजारस्थित तमुधिं नेपालको प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै ट्होटें पर्वको शुभकामना ब्यक्त गरे । उनले यस क्षेत्रको आदिवासी जनजाती तमुहरुलाई राज्यले मात्रै नभई यहाँको भूमि माटोले सम्मान गर्नुपर्छ त्यसैले पोखरा महानरपालिकाले आगामी दिनदेखि वार्षिक क्यालेन्डर अर्थात् रातो किताबमै योजना समावेश गरी सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले गण्डकी प्रदेसमा तमुहरुको सम्मान हुनुपर्दछ भर्दै दुई वटा ट्होटेंमध्ये एउटा ट्होटेंमा महानगरले सहकार्य गर्ने र हरेक सुखदुखमा पोखरा महानगर साथमा रहेको बताए । मुलुकका सबै सामुदायको संस्कार संस्कृति जोगाउने दायित्व राज्यको भएकाले पनि राज्यले साथ, सहयोग र सहकार्यमा गर्दै जाने प्रमुख आचार्यले बताए ।
कार्यक्रममा तमुधिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना ब्यक्त गर्दै ट्होटें पर्व एकता, सद्भाव एवम् तमुहरु इतिहास बोकेको पर्व भएको बताए । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार, संस्कृति जोगाउनुका साथै शिक्षालाई पनि जोड दिनुपर्ने बताए । शिक्षामा जोड दिन सके, सरकारका विभिन्न क्षेत्रमा पुग्न सकिने र विदेश पलायन हुन रोकिने विश्वास उनको थियो । कार्यक्रमले कुसंस्कार, गरिबी र अशिक्षा भगाउने विश्वास समेत पालिखेले लिए ।
८१ वर्षीय तेजबहादुर गुरुङले शुभकामना ब्यक्त गर्दै तमुहरुको पहिचान र तमुवानका बारेमा भनाइ राखेका थिए साथै गीत समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अवसरमा रंगशाला गेटदेखि निकालिएको उ झाँकीहरुमा प्रथम हुन सफल भएका चिउली पाचे तमु समाज नगद ३० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गर्न सफल भएका डडुवा दुर्छा लम्जुङ समाज नगद २० हजार रुपैयाँ र तृतीय प्राप्त गरेको फूलबारी तमु समाज नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफीबाट पुरस्कृत भएका छन् । विशेष पुरस्कार १० हजार रुपैयाँसहित प्रमाणपत्र ब्रेज मेस्रो घान्द्रुक तमु समाजले हात पारेका छन् ।
त्यसैगरी सान्त्वना हुने समाजहरु बगर तमु समाज, शान्ति रुपा बराहथोक तमु समाज, ताङतिङ दुधपोखरी तमु समाज र मिलिजुली विजयपुर तमु समाज सान्त्वना स्थान प्राप्त गरी नगद ५/५ हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत भएका छन् । मूल्यांकन समितिको संयोजकमा तमुधिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ रहेका थिए । सदस्यहरुमा जिफान कास्कीका अध्यक्ष गुञ्ज गुरुङ, तमुधिं नेपाल केन्द्रीय आमा समिति सहसचिव बालकुमारी तमु, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका उपाध्यक्ष श्रीजंग गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका सभा सदस्य गमबहादुर तमु गजेन्द्र रहेका थिए । मूल्यांकनको घोषणा संयोजक सुमे श्रीप्रसाद तमुले गरेका थिए ।
उक्त अवसरमा विभिन्न समुदायको संघसंस्थामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु घलेक र फेटा र भांग्राबाट सम्मानित भएका छन् । सम्मानित हुनुहुनेमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सचिव हुमबहादुर तमु, तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय उपाध्यक्ष खिमा गुरुङ, सदस्यद्धय सुवेदार इन्द्रबहादुर तमु र किरण तमु रहेका छन् ।
त्यसैगरी, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगर, नेपाल घेदुङ कास्कीका अध्यक्ष भक्तबहादुर तामाङ साम्मानित भएका छन् । कार्यक्रममा तमु गुरुङ कलाकार सघ नेपाल गण्डकी प्रदेशका कलाकारहरु, चिउली पाचे तमु समाज, तनहुँ तमु समाज, कोल्माबहाकोट तमु समाज लगायतको विशेष प्रस्तुति रहएको थियो । तमुधिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य साँस्कृतिक संयोजक कृष्णकुमार गुरुङ र संचालन महासचिव जुनाकुमारी तमुले गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिका, पोखरा फाइनान्स, युवा ब्यवसायी किरण केसी, जंगबहादुर गुरुङ लालकुमारी गुरुङ ट्होटें अक्षयकोष, तमुधिं युके, धम्पुस भाइ खलकको सहयोग रहेको थियो ।