काठमाडौं । गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ चलचित्र ‘मिं–थों’ अर्थात खुल्ला आँखा आगामी चैत्र २४ र २५ गते पोखरामा प्रदर्शन हुने भएको छ ।
उक्त चलचित्र भमरकोट पार्टी प्यालेस रामबजारमा चैत्र २४ गते दिउँसो ३ बजे प्रदर्शन हुने छ । यस्तै, २५ गते शनिबार बाराही चलचित्र हल तेर्सापट्टी पोखरामा मध्यान्ह १२ बजे र दिनको ३ बजे प्रदर्शन हुने चलचित्रका निर्देशक राजबहादुर गुरुङ (राजेश) ले जानकारी दिए ।
उनका अनुसार उक्त चलचित्र प्रदर्शन कार्यक्रमलाई सफल बनाउन सबैसंग अनुरोध गरिएको छ । गुरुङ चलचित्रलाई माया गरिदिन र चलचित्र सफल बनाउन उनले आग्रह गरे । चलचित्र हेरेर गुरुङ भाषाको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए ।
चलचित्रका कथा लेखक तथा कार्यकारी निर्माता शंकर गुरुङ ‘बतासे’ का अनुसार पोखरामा चलचित्र प्रदर्शनपछि लमजुङमा गरिने योजना छ । यस्तै, चितवन, काठमाडौंमा पनि प्रदर्शन गरिने जानकारी दिए ।
स्टार्स स्टुडियो प्राईभेट लिमिटेडको प्रस्तुतिमा बनेको चलचित्रको निर्मातामा आनन्दमाया गुरुङ, सुनिता घले, सानुमाया गुरुङ, युवराज गुरुङ, मुना गुरुङ (इजरायल), खड्क गुरुङ (मकाउ), दिपेश गुरुङ (युइए) रहेका छन् । सह निर्देशक करण गुरुङ (गोरा) रहेका छन् ।
कलाकारहरुमा शंकर गुरुङ (बतासे), भारती घले, खेमराज घले, मन्जु गुरुङ, किशोर गुरुङ, योगिता गुरुङ, रोशन गुरुङ, सोमकुमारी गुरुङ, टिकाराम घले, देउमाया गुरुङ, अमिर गुरुङ (बन्दिपुरे ठाँगु), निता गुरुङ, शिला गुरुङ रहेका छन् ।
चलचित्रको गीतको रचना शंकर गुरुङ (बतासे) र आश गुरुङले गरेका हुन् । संगीत बतासेको नै रहेको छ । प्रोडक्सन म्यानेजर सूर्यमान गुरुङ, पोष्ट प्रोडक्सन म्याक्सअन फोर डी स्टुडियो र मुनाल फिल्म् प्रा.लि. रहेको छ । सिनेमाटुग्राफर, इडिट खिमबहादुर गुरुङ, कोरियोग्राफी भारती घलेको छ । मेकअफमा आशिष गुरुङ, ब्याकग्राउण्ड स्कोरमा साहिल गायक÷धनबहादुर गुरुङ, मिक्सिङ, डिजाइन, कलर छवि राना मगरको रहेको छ ।