लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) यु.के.ले नेपाली नयाँ बर्ष २०८० विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।
१४ अप्रिल २०२३ (बैशाख १ गते, २०८०) शुक्रबारका दिन नेपालका राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रमसहित नयाँ बर्ष मनाउने अध्यक्ष मन गुरुङले बताए । उनका अनुसार अल्डरसटको एम्यापर हलमा बेलुका ५ बजेदेखि कार्यक्रम सुरु हुने छ । लोकदोहोरी गीत, नाँच, डिजे कार्यक्रमको मुख्य आकर्षण रहेको छ । कार्यक्रममा लोक दोहोरी गायिका शर्मिला विसी, गायक सुदिप क्षेत्रीको प्रस्तुति रहने छ ।
यस्तै, मास्टर कन्सियसनेश कोच इन्द्र गुरुङ र हिलर राजी श्रेष्ठ गुरुङको पनि उपस्थिति रहने छ । कार्यक्रममा उपस्थिति हुनेले मिठो खाना र नेटवर्किङको अवसर पनि पाउने महासचिव डा. विशाल गुरुङले बताए ।
कार्यक्रमका लागि टिकट शुल्क २५ पाउण्ड रहेको छ । बालबालिका र जेष्ठ नागरिकलाई छुटको व्यवस्था रहेको छ । १२ बर्षसम्मका बालबालिकालाई १० पाउण्ड र जेष्ठ नागरिकलाई २० पाउण्ड रहेको छ ।
कार्यक्रम भब्यताका साथ मनाउने योजना रहेको जीआरएनसीले जनाएको छ । कार्यक्रमबारे जानकारी लिन वा सम्पर्कका लागि अध्यक्ष मन गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव सुशीला मगर, कोषाध्यक्ष श्याम श्रेष्ठ, सहायक इभेन्ट कोअर्डिनेटर सुष्मा गुरुङ, साँस्कृतिक सचिव दिनेश गुरुङलाई गर्न अनुरोध गरेको छ ।