पोखरा । गण्डकी प्रदेससभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसकी नेत्री सरस्वती गुरुङ आज पोखरामा सम्मानित हुनुभएको छ। युकेमा कार्यरत रहनुभै हाल घरबिदामा पोखरा आउनुभएकी समाजसेवीहरु पार्वती गुरुङ, माया गुरुङ, कविता गुरुङले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि सांसद गुरुङलाई समाजसेवी ८५ बर्षिया आमा हरि लक्ष्मी गुरुङसहित पार्वती गुरुङ, माया गुरुङ, कविता गुरुङ लगायत कार्यक्रममा सहभागीहरुले बधाई दिदै माला, खदा, बुके, दोसल्ला लगायतले सम्मान गरिएको हो। आमा हरि लक्ष्मी गुरुङ माननीय गुरुङ सहित कार्यक्रममा सहभागीहरुलाई टीका लगाइदिनुहुदै आशिर्वाद प्रदान गर्नुभएको थियो।
बधाई एवम सम्मान ग्रहण पश्चात् गण्डकी प्रदेससभा सदस्य सरस्वती गुरुङले धन्यवाद दिनुहुदै कोरोनाको कहरको बेला माइला कान्छाले राज्यले भन्दा ठूलो सहयोग गरेको बताउनुभयो। यदि उहाहरु पुरुष भएको भए राज्यबाट ठूलो सम्मान पाउनुहुन्थ्यो तर पितृसत्तात्मक देशमा माइला कान्छाको सेवा देख्न सकेन।उहाँले नेपालमा राजनितिक सङ्लिदै गएकाले मुलुकको प्रती छिट्टै हुने भन्दै निर्वाचनको बेला देश एवम बिदेशबाटको सहयोग सधै स्मरण गरिरहने बताउनुभयो।
कार्यक्रममा गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुले माननीय सरस्वती गुरुङलाई बधाई दिनुहुदै छिट्टै मन्त्री हुनुस भन्दै शुभकामना ब्यक्त गर्नुभयो। पत्रकार प्रकाश ढकालले बधाइ तथा शुभकामना ब्यक्त गर्नुहुदै सांसद गुरुङ छिट्टै मन्त्री हुने सुनिश्चित रहेको बताउनुभयो।
कार्यक्रममा गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुलाई पोखरामा स्वागत, टेवानको अध्यक्षमा निर्वाचित कमला गिरि, उच्च अदालत बारको सदस्यमा निर्वाचित अधिवक्ता मनोज घर्ती मगर, वैवाहित जिवनमा प्रवेश गर्नुभएका पत्रकार प्रकाश ढकालको दम्पतीलाई बधाइ ज्ञापन गरिएको थियो। कार्यक्रमको आयोजक मध्येकी पार्वती गुरुङले छोटो समयको सूचनामा सहभागी भैदिनुभएकोमा सम्पुर्णलाई धन्यवाद दिदै सांसद गुरुङलाई बधाई एवम शुभकामना ब्यक्त गर्नुभएको थियो।उक्त कार्यक्रमको संचालन कमला गिरिले गर्नुभएको थियो।