लन्डन । सुनगाभा ईन्टरटेन्मेन्टको प्रस्तुतिमा गायिका पारु राईले ‘तिम्रो सम्झना’ बोलको म्युजिक भिडियो बाहिर ल्याएकी छिन् । उक्त गीतको म्युजिक भिडियो आइतबार सुनगाभा ईन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा गायक यस कुमारले शब्द र सगींत दिएका छन् भने स्वर साथै भिडियो निर्देशन पारु राईको रहेको छ । बिपना गुरुङ साथै सन टि मगरको अभिनय र नन्द पुनको सिनेमाटोग्राफ रहेको यस म्युजिक भिडियोले एक सिपाही देशको सिन्दुर पहिरिएर युद्धमा आफ्नो जीवन बलिदान गर्नु परेको दर्दनाक घटना र उनको प्रियसीको सम्झनाको बारेमा प्रष्ट रुपमा उतारिएको छ ।
आफ्नै छरछिमेक सर्कल मै घटिरहेका तर नदेखाएका, नऔंल्याएका घटनाहरुलाई निकट अनि गहन तरिकाले अध्ययन गरेर यस म्युजिक भिडियोको कन्सेप्ट तयार पारेको कुरामा गायिका दाबी गर्छि् । गायिका आफु स्वंयम पनि मिलिटरी वाईफ भएको कारण यस्तो कुरा जुन आफ्नो परिवारका सदस्य युद्धमा जाँदा र ज्यान गुमाउनु पर्दा परिवारमा पर्न जाने जुन पीडा चोटहरु, समाज स्रोता दर्शकमा सामु पुग्नु पर्छ, देखिनु पर्छ भन्ने साेंच राख्छिन् ।
गत आईतबार अल्डरशटको दि लाउण्ज रेस्टुरेण्टमा बरिष्ठ गायक संगीतकार तथा निर्देशक यस कुमारको प्रमुख आतिथ्यतामा तिम्रो सम्झना गीतको प्रिमियर शो सम्पन्न भएको थियो । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार विल्सन विक्रम राईको पनि उपस्थिति रहेको थियो ।
यस भिडियोको बारेमा बोल्दै यस गीतका शब्द सगिंतकार गायक यस कुमारले भिडियो हेरि सकेर आफू अत्यन्तै भावुक भएको बताए । साथै हास्यकलाकार व्हिल्सन बिक्रमराई लगायत भुपु गोर्खा मेजर ईन्द्र ब. राई, आकाश सुनुवारले पनि यस गीतका बारेमा निक्कै राम्रो तारिफ गरे । करिब १ दशक भन्दा अघिबाटै औपचारिक रुपले संगीतमा प्रबेश गरेकी गायिकाको युकेबाट निर्माण भएको यो तेस्रो गीत हो ।
बिगत १ बर्ष अघिबाट सुनगाभा ईन्टरटेन्मेन्टका प्रमुख कार्यक्रम सन्चालक (होस्ट) रुपमा काम गर्दै आएकी गायिका पारुले सुनगाभा ईन्टरटेन्मेन्ट मै काम गर्ने शिलसिला मै कतिपय निर्देशनको पक्षहरु सिक्ने अवसर पाएकोले यस गीत निर्देशन गर्न साहस जुटाएको कुरा बताईन् । यस म्युजिक भिडियो निर्माणका क्रममा निक्कै दुख कष्ट गरेको र स्रोता दर्शकले मन पराईदिनु हुन्छ र माया गरिदिनु हुन्छ भन्ने कुरामा पनि गायिका आशावादी रहेकी छिन् ।
स–साना कुराहरुलाई अध्ययन गरेर त्यसलाई विषय वस्तु बनाउंदै भाबी दिनहरुमा पनि यस्तो खालका क्रिएशनहरु निरन्तर गरिरहने कुरा बताउछिन् ।