पोखरा । हामीले भाषा भन्ने वित्तिकै नेपाली भाषा मात्रै बुझ्ने गर्दछौं तर, नेपालमा धेरै जनजातिहरुका आफ्नै भाषा, लिपी, संस्कृति, कला, साहित्य सिर्जना र सभ्यता छन् । उनिहरु आफ्नै मातृभाषा बोल्ने गर्दछन् । आफ्नै रहनसहन, भेषभुषा र जातीय संस्कार समेत छ ।
जातिले आफ्नो भाषा, कला, संस्कृति र सभ्यतालाई जोगाई राख्न अत्यन्तै मेहेनत गरेको देखिन्छ । यसै सन्दर्भमा गीतकार, चलचित्र निर्माता, लेखक तथा संस्कृतिकर्मी एकेन्द्र गुरुङसं शुक्रवार पोखराबाट प्रसारण हुने एक मात्र लाहुरे समुदायद्वारा संचालित गोर्खाली रेडियोकी स्टेशन प्रमुख खिमा गुरुङले भेटघाट गरेकी छिन् ।
एकेन्द्र गुरुङ लमजुङको क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँ घर भई हाल बेलायत निवासी हुन् । गुरुङ अहिले घरबिदामा पोखरामा विशेष भेटघाटमा व्यस्त छन् । उनको नेपाल बसाई केवल ४ दिन जति बाँकी छ । उनले पाँच वटा फिल्म, १२ वटा गुरुङ गीतहरू लगायत गितिसंग्रह समेत प्रकाशित गरिसकेका छन् ।
तिनै बहुप्रतिभाका धनी गुरुङसंग शुक्रबार पोखराको होटेल टास्कमा स्टेशन प्रमुख गुरुङले भेट्ने क्रममा गुरुङ जातिको सभ्यतालाई जोगाउन विविध विषयमा छलफल गरेको छ । एकेन्द्र गुरुङले अहिले गुरुङ भाषा लोपोन्मुख अवस्थामा रहेकोमा दुःख व्यक्त गरे ।
उनका अनुसार अहिले गुरुङ भाषा बोल्नेको संख्या एकदम कम छ । अब पनि गुरुङ समुदाय जागेन भने भविष्यमा गुरुङ भाषा खोज्न सिक्किम जानु पर्ने बाध्यता आउन सक्ने धारणा व्यक्त गरे । उनका अनुसार अब लेखकले गुरुङ गीत संगीत सिर्जना गर्ने, संचारकर्मीले गुरुङ भाषामा कार्यक्रम सञ्चालन गर्ने र गुरुङ संघसंस्थाहरु संगठित भइ राज्यलाई दवाब दिनपर्नेमा जोड दिएका थिए ।