पोखरा ।अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनको आयोजनामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८३ कात्तिक ८ गते विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच जेहेन्दार तथा विपन्न विद्याथीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ४ जना विद्याथीहरूलाई जनही रु. ५,०००।- (पाच हजार रुपैयाँ) का दरले कुल २० हजार रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो । उक्त छात्रवृत्ति रकमका लागि हाल युके निवासी विद्यालयका भूतपूर्व विद्यार्थी तीर्थमान गुरुडले आर्थिक सहयोग जुटाउन विशेष पहल गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरेको उपस्थिति तथा तथा एसोसिएसनका अध्यक्ष विष्णु तिमिल्सिनाको संयोजकत्वमामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरे, विद्यालयका प्रधानाध्यापक बलराम पोखरेल, पूर्व प्रधानाध्यापकद्वय दुधराज गुरुङ र कृष्ण बहादुर गुरुङ तथा भूतपूर्व विद्याथी तीर्थमान गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले पूर्व विद्याथीहरूले आफ्नो मातृविद्यालयप्रति देखाएको सद्भाव र सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्याथीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्रामा कक्षा ८ 'सि' मा अध्ययनरत आर्दश परियार, कक्षा १० 'सि' मा अध्ययनरत गृष्मा गुरुङ, कक्षा १० 'डि' मा अध्ययनरत सिम्रीक शर्मा र कक्षा ६ 'डि' मा अध्ययनरत रवी कुमार ठाकुर रहेका थिए ।
साथमा क्या. दाक्षीरि गुरुङ (रामबजार) को स्मृतिमा श्री अमरसिंह माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक दुधराज गुरुङ तथा क्या. भिमराज गुरुङद्वारा स्थापित 'एसईई उत्कृष्ट छात्रवृत्ति अक्षयकोष' मा पहिले रहेको रु. १,००,००० (अक्षेरुपी एक लाख) मा सोही कार्यक्रमको अवसरमा विद्यालयलाई थप रु. १,००,००० (अक्षेरुपी एक लाख) हस्तान्तरण गरी कुल अक्षयकोष रकम रु. २,००,००० (अक्षेरुपी दुई लाख) पुर्याएका थिए।
उक्त कार्यक्रममा विद्यालयका सहायक प्र.अ. सुदिप आचार्य, भूपू विद्यार्थी बाबुराम पन्त, विद्यालयका गुरु, गुरुआमा र विद्यार्थीहरूको उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष राजेन्द्र राज बस्ताकोटीको स्वागत सहजीकरण रहेको उक्त औपचारिक कार्यक्रमको सञ्चालन एसोसिएसनका सचिव महेन्द्र भुर्तेलले गरेका थिए।