काठमाडौँ । लायन्स क्लब काठमाडौँ, सुनधाराले आयोजना गरेको रक्तदान कार्यक्रममा तमु धीं यूकेले विशेष सहयोग गरेको छ ।
सन् २०२२ मा खेमप्रसाद श्रेष्ठको अध्यक्षतामा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यसँगै नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले प्रकाश गुरुङ, विजय गुरुङ हुँदै हालका अध्यक्ष राजु गुरुङको नेतृत्वसम्म आइपुग्दा धेरै रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ।
गत वर्ष विजय गुरुङको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको थियो । यस वर्ष भने १०० पिन्टभन्दा बढी रगत संकलन हुने अनुमान गरिएको अध्यक्ष राजु गुरुङले बताए ।
हरेक वर्ष आयोजना हुँदै आएको यस रक्तदान कार्यक्रममा संकलित रगत एभरेस्ट अस्पतालको रक्तसञ्चार केन्द्रमा संकलन गरिने संस्थापक अध्यक्ष खेमप्रसाद श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ वरपरका अस्पतालमा कसैलाई रगत आवश्यक परेमा ३० मिनेटभित्रै बिरामीसम्म रगत पुर्याउने एभरेस्ट अस्पताल रक्तसञ्चार केन्द्रको सुविधा प्रशंसनीय रहेको उहाँले बताए ।
कार्यक्रममा तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङको विशेष उपस्थिति रहेको थियो । रक्तदानपछि रक्तदाताका लागि आवश्यक डाइट, फलफूल, मिठाई लगायतका खाद्य सामग्री तमु धीं यूकेले सौजन्य गरेको थियो ।
तमु धीं यूके जातीय संस्था मात्र नभई शिक्षा, सामाजिक कार्य, खेलकुद लगायत स्वास्थ्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्दै आएको डा. विशाल गुरुङले बताउनुभयो। यस्तो पुण्य कार्यमा तमु धीं यूकेले सहकार्य गर्न पाउँदा आफूहरू खुसी रहेको उनले बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा आयोजना हुँदै आएको यस प्रकारको रक्तदान कार्यक्रमले आवश्यक समयमा बिरामी तथा अस्पताललाई रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ।
रक्तदानपछि रक्तदाताका लागि आवश्यक डाइट, फलफूल, मिठाई लगायतका खाद्य सामग्री तमु धीं यूकेले सौजन्य गरेको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा आयोजना हुँदै आएको यस प्रकारको रक्तदान कार्यक्रमले आवश्यक समयमा बिरामी तथा अस्पताललाई रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।