पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्कीले सञ्चालन गरेको तमू पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङ र मिलन तमू पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्चसुब्बा गुरुङ ‘दिल’ सम्मानित सम्मानित भएका छन् ।
तमु सञ्चारकर्मी संघ कास्कीको सातौँ साधारणसभा तथा चौँथो अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ ‘लाला’, पुरस्कार प्रतिभा छनोट समितिका अध्यक्ष हुमबहादुर गुरुङ र पुरस्कार दाताहरुले नगदसहित सम्मानपत्रले सम्मान गरेका हुन् ।
समाजसेवी मिना गुरुङद्वारा स्थापित तमू पत्रकारिता पुरस्कार–२०८३ बाट अग्रज पत्रकार शान्ति गुरुङलाई नगद २० हजार रुपैयाँ, क्रमु (पछ्यौरा), र सम्मान पत्रले सम्मान गरिएको हो । मिलन फाउन्डेसन नेपालद्वारा स्थापित मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्चसुब्बा गुरुङलाई नगद २० हजार रुपैयाँसहित क्रेगी (फेटा) र सम्मानपत्रले गरिएको हो । संघका सल्लाहकार हुमबहादुर गुरुङ गुरुङको संयोजकत्वमा राजबहादुर गुरुङ, संघका अध्यक्ष युगबहादुर गुरुङ सदस्य रहेको समितिले पुरस्कारका लागि २ जना पत्रकारको नाम सिफारिस गरेको थियो ।
संघको चौंथो अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि युगबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिला गुरुङ, सचिवमा पञ्चसुब्बा गुरुङ ‘दिल’, सहसचिवमा हुमबहादुर गुरुङ र कोषध्यक्षमा तिर्सनालक्ष्मी गुरुङ सर्वसम्मत चयन भएकी छिन् । सदस्यहरुमा पदम गुरुङ, रक्ष गुरुङ र आकाश गुरुङ चुनिएका छन् ।