पोखरा । तमु धिं नेपाल केन्द्रीय युवा समितिको अध्यक्षमा पुनः रमेश गुरुङ चयन भएका छन् । मंगलबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले गुरुङको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुदर्शन गुरुङ, उपाध्यक्ष अमृत गुरुङ, महिला उपाध्यक्ष सपना गुरुङ, सचिव रामप्रसाद गुरुङ, सहसचिव हेमन्त गुरुङ, महिला सहसचिव शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सहकोषाध्यक्षमा भीमसेन गुरुङ (आशिष) चयन भए ।
सदस्यहरूमा अशोक गुरुङ, अरुण गुरुङ, विकास गुरुङ, विकास क्रोम्छे, रजनी गुरुङ, सुमिक्षा गुरुङ, शेर बहादुर गुरुङ, सर्वजित गुरुङ, युवराज गुरुङ, निस्मा गुरुङ, नितु गुरुङ, खड्गबहादुर गुरुङ, खेम गुरुङ, नेत्र गुरुङ, जलन गुरुङ, हेमा गुरुङ, स्मारिका गुरुङ, सविना गुरुङ रहेका छन् ।
कार्यसमिति गठनका लागि तमु धिं नेपालका कार्यसमिति सदस्य कृष्ण कुमार गुरुङ , केन्द्रीय सदस्य पूर्व युवासंयोजक ध्रुव गुरुङ, तमु धिंका मानार्थ संरक्षक बिग्नेस भान्जालाई जिम्मेवारी तोकिएको थियो ।
समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले युवालाई संगठित, क्रियाशील, सिर्जनशील, उद्यमशीलतामा लगाउने प्रतिबद्धता जनाए । भविष्यमा तमु धिं नेपालकै अध्यक्ष हुनेगरी काम गर्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ थियो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले समुदायको नेतृत्व गर्ने क्षमतावान् व्यक्ति युवा समितिले विकाश गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व तमु धिं नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णकुमार गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य श्रीजंग गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पवित्रा गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, क्षेत्रीय तमु समाजहरूको तर्फबाट डढुवा दुर्छा लमजुङ पोखरा तमु सम्पर्क समाजका अध्यक्ष धनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य कृष्णकुमार गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य श्रीजंङ गुरुङ, डान्स प्रतियोगिताको जुनियर विजेता सिरिना गुरुङलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा सचिव रामप्रसाद गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तमु धिं नेपाल केन्द्रीय आमा समिति, तमु विद्यार्थी समिति कास्कीका कलाकारहरू र सिरिना गुरुङ लगायतले सांस्कृतिक प्रस्तुति गरेका थिए ।
तमु धिं नेपाल केन्द्रीय युवा समिति अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङले स्वागत र सचिव रामप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।