मिलन तमु मोमबत्ती
पोखरा । तमु समुदायका गौरव, तमु प्ये ल्हु संघ परिवार, पोखराले हालै कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) पदमा नियुक्त हुनु भएका कुमानसिंह गुरुङ ज्युलाई आज असार ८ गते सोमबार तमु प्ये ल्हु संघ केन्द्रीय फलिना क्होइबो पोखरामा स्वागत, बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार आयोजित यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका पदाधिकारीहरु तथा सदस्यहरु गण्डकी प्रदेश समिति, जिल्ला समिति कास्की, केन्द्रीय भातृ संगठनका पदाधिकारीहरु तथा सदस्यहरु, जिल्ला भातृ संगठनका पदाधिकारीहरु तथा सदस्यहरु लगायत विभिन्न क्षेत्रीय समाज तथा इकाईहरुका महानुभावहरूको उपस्थितिमा सिडिओ गुरुङलाई स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको हो । हाम्रो एकता, सम्मान र समुदायप्रतिको प्रतिबद्धता प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसरमा आयोजित कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन तमु प्ये ल्हु संघ परिवार, पोखरा, विभिन्न क्षेत्रीय तमु समाज र इकाईहरुलाई केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुले विशेष धन्यवाद टक्र्याएको छ ।
सम्भवत कास्की जिल्लामा पहिलोपटक गुरुङ, २७औं प्रमुख जिल्ला अधिकारीको रुपमा नियुक्त भएको यो खुशीयालीमा “आफ्नो समुदायको गौरव, हाम्रो साझा सम्मान” ठानेका छौं , आयोजकले भनेको छ । आजको प्रमुख सम्मानित व्यक्तित्व कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले आफू कास्की जिल्लाको सिडिओको रुपमा नियुक्त भइ आएको उपलक्ष्यमा तमु प्ये ल्हु संघले जून स्वागत, बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरे त्यसप्रति विशेष धन्यवादसहित आभार प्रकट गर्दै जिल्ला प्रशासन कार्यालय कास्की मातहतका विभिन्न सेवा प्रदायक संघ संस्थाहरु प्रति र व्यक्ति विशेषको कामप्रतिको सेवामा म मेरो काम, कर्तव्य र जिम्मेवारीलाई निष्ठापूर्वक अक्षररत पालना गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
यसरी सोमबार आयोजित उक्त कार्यक्रमलाई तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओम थिम्जे तमुको अध्यक्षता, महासचिव हर्क योज तमुको औपचारिक सन्चालन, सचिव बम टुक्ल्हेप्री तमुको स्वागत र पच्यु गुरु कुल प्रसाद तमुको आशिमला रहेको थियो ।



