लन्डन । नेपालमा सोमबार बिहान भएको बस दुर्घटनामा बेलायती नागरिकको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको ग.२ ख.१४२१ नं.को यात्रुबाहक बस बेनिघाट रोराङ गाउँपालिका ५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा बेलायती नागरिक स्टीवर्ट डोमिनिक इथानको मृत्यु भएको हो ।
बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
यी हुन् मृतकहरु
१. Stewart Dominic Ethan नाम भएका वर्ष २४ का पुरुष (बेलायती नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं.३० बस्ने वर्ष अं.४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जि. काठमाडौं नागार्जुन नगरपालिका वडा नं.६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं.४ बस्ने अ. वर्ष ४० का ओमकुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णुमाया ढकाल
७. जिल्ला काठमाण्डौं क.म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
११. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० कि अर्चना पौडेल
१२. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १४, चाउथे बस्ने वर्ष २१ कि अञ्जली क्षेत्री
१३. जिल्ला कास्की, माछापुच्छरे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को रोहित नेपाली
१४. जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा. वडा नं. ३२ बुद्धनगर बस्ने वर्ष ३३ कि अनिशा महर्जन
१६. जिल्ला मोरङ, उर्लाबारी १ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी
१७. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को सुजित नेपाली
१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका वर्ष ३२ को मनिष सुक्ला, पुरुष (भारतिय नागरिक)
१९. ZHANG, CHUNCHUN नाम भएकी वर्ष ४० कि महिला (चिनियाँ नागरिक)