लन्डन । ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङ बेलायत आइपुगेकी छन् ।
बेलायतमा आयोजना हुने तालिममा सहभागी हुन कराँते खेलाडी एरिकासहित कुशल श्रेष्ठ, तारा गुरुङ टर्कीबाट २६ जनवरी २०२६ मा लन्डनको हिथ्रो एयरपोर्ट आएकी हुन् । खेलाडीहरुलाई हिथ्रो एयरपोर्टको टर्मिनल-टु मा तमु धीं यूकेले भव्य स्वागत गरेको छ । तमु धीं यूकेले प्रदान गर्ने पहिलो तमु प्रतिभा पुरस्कार-२०२४ प्राप्त एरिकालाई अध्यक्ष जुमकाजी गुरुङले नेपाली राष्ट्रिय झन्डा ओडाएर र महासचिव डा. विशाल गुरुङले तमु धीं यूकेको झन्डा ओडाएर स्वागत गरेका थिए ।
एरिकाले बेलायत आउँदा आफ्नो घर आएको महसुस भएको प्रतिक्रिया जनाइन् । उनले आफूलाई न्यानो स्वागतका लागि एरिकाले तमु धीं यूकेका अध्यक्षलगायतलाई सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।
खेलाडीहरुको स्वागतका लागि अध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा.विशाल गुरुङ, ट्रस्टी एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलामान गुरुङ, तमु धीं यूकेका सल्लाहकार शान्त गुरुङलगायत हिथ्रो पुगेका थिए ।
बेलायतमा तालिममा रहँदाको बसोबासलगायत सबै व्यवस्थापन तमु धीं यूलेले गर्ने जनाइएको छ । एरिका ५ फेब्रुअरी २०२६ सम्म हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्प सहभागी हुने छिन् ।
एरिकाले विश्व कराते महासंघ (डब्लुकेएफ) को आयोजनामा टर्कीको इस्तानबुलमा २५ जनवरीमा भएको प्रिमियर लिग ६८ केजीमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन् ।
एरिका एसियाली खेलकुदको करातेमा रजत पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। २०२५ मा मोरक्कोमा भएको कराते वान प्रिमियर लिगमा कास्य पदक जितेकी उनले मलेसियामा कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जितेकी थिइन्।





