काठमाडौं । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको अध्यक्षमा फेरि खेन्पो शिर लामा चयन भएका छन् ।
२०८२ साल पुसको २६ गते शनिबार ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बौद्ध गुम्बामा भएको केन्द्रको चौंथो अधिवेशनबाट शिर लामाको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो । क्या. मोहनकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि ई.ध्रुवबहादुर गुरुङ र पुष्पबहादुर गुरुङ थिए ।
(१) अध्यक्षः खेन्पो शिर लामा गुरूङ
(२) वरिष्ठ उपाध्यक्षः खेन्पो रन बहादुर गुरूङ
(३) उपाध्यक्षः खेन्पो नरेश गुरूङ
(४) उपाध्यक्षः लामा डिल्ली गुरूङ
(५) उपाध्यक्षः लामा हितमान गुरूङ
(६) महासचिवः खेन्पो दशरथ गुरूङ
(७) सचिवः लामा साङ्गे लेग्देन गुरूङ
(८) सह-सचिवः लोपोन रिन्छेन दोर्जे गुरूङ
(९) कोषाध्यक्षः खेन्पो सन्तोष गुरूङ
(१०) सह-कोषाध्यक्षः खेन्पो राज घले
(११) सदस्यः खेन्पो श्याम कुमार गुरूङ
(१२) सदस्यः लामा भद्र बहादुर गुरूङ
(१३) सदस्यः लामा प्रेम कुमार गुरूङ

गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको अधिवेशनसहित १२औं जन्मोत्सव, १२औं साधारणसभा सोही दिन सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम अवधिभर सम्पूर्ण धर्मगुरुहरु साथै श्रद्धालू भक्तजनहरु सबैलाई भोजन चिया नास्ता साथै बासको ब्यवस्थापन, आवश्यक सम्पूर्ण सामाग्रीहरु उपलब्ध रुम्जाटार बौद्ध गुम्बाका प्रमुख गुरु खेन्पो पाल्देन (स्याम) गुरुङ साथै फाउण्डेशन समितिका अध्यक्षा क्या.मोहनकुमार गुरुङ र उपसमितिका अध्यक्ष दिपक गुरुङ साथै उपासिका गनुदेवी गुरुङलगायतले गरेका थिए । उनीहरुले लामा धर्म समाजको केन्द्रीय भवन निर्माणमा भूमिदानको लागि ठूलो धनरासी सहयोग समेत गरेको अध्यक्ष खेन्पो शिर लामाले बताए ।
कार्यक्रमको संयोजन संस्थाका महासचिव खेन्पो दशरथ गुरुङले गरेका थिए भने संस्थाका कोषाध्यक्ष खेन्पो सन्तोष गुरुङले पनि आफ्नो भूमिका निभाएका थिए ।
निर्वाचन मण्डलका संयोजक ई.ध्रुवबहादुर गुरुङ साथै सदस्य चार क्षेत्रीय प्रमुख गुरुहरु थिए । नवनिर्वाचित अध्यक्ष खेन्पो शिर लामा गुरुङले अधिवेशन तथा साधारणसभा सफल भएकोमा अतिथि, संस्थाका पदाधिकारी, लामागुरुसहित सबैलाई धन्यवाद दिएका छन् । उनले फेरि तीन वर्षे जिम्मेवारी प्राप्त गरेकोले आफ्नो क्षमताले सकेको सेवा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।