अल्डरसट, बेलायत । बेलायत भ्रमणमा रहेका गायक आश्रम गुरुङ बिदाइ गरिएको छ ।
आइतबार २ नोभेम्बर २०२५ मा अल्डरसटस्थित डी लाउन्जमा ईलमपोखरी समाज यूके र लमजुङ समाज यूकेको संयोजनमा कलाकार आश्रमको बिदाइ तथा धन्यवाद कार्यक्रम भएको हो । कार्यक्रमको प्रारम्भमा गायक आश्रमले विभिन्न गीत गाएर मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई गायक आश्रमले नेपालबाट ल्याएका मायाको चिनो र खादा लगाएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङ, लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्ष शारदा गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु, डिएमटी ब्यान्डका संस्थापक अध्यक्ष दिनेश गुरुङ, तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला गुरुङ,लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष तारा गुरुङलगायत स्वागत गरेका थिए ।

त्यसपछि गायक आश्रमलाई तमु धीं यूकेबाट खाता, फेटा लगाएर बिदाइ तथा सम्मान गरिएको थियो । यसैगरी लमजुङ समाज यूके र ईलमपोखरी समाज यूके, पुलीमरांग गाउँ, गोर्खा जिल्ला समाज यूके, सहारा यूके लगायत संघ संस्थाको तर्फबाट पनि सम्मान गरिएको थियो । उपस्थित थुप्रै आफन्त र शुभचिन्तकहरुले पनि खादा, मायाको चिनोसहित बिदाइ गरे ।

आश्रमले आफूलाई बेलायत बसाइका क्रममा र कार्यक्रममा साथ दिएकामा सबैप्रति धन्यवाद तथा आभार प्रकट गरे ।
कार्यक्रममा हेल्थ एन्ड सेफ्टी जानकारी र कार्यक्रम सञ्चालन कुमार गुरुङले गरेका थिए भने विशेष धन्यवाद ईलमपोखरी समाज यूकेका अध्यक्ष परशुराम गुरुङले दिएका थिए । कार्यक्रमका अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले आश्रमको सांगीतिक भ्रमण र संघर्षबारे चर्चा गरेका थिए ।
आश्रमले बिदाइका क्रममा गीत गाउँदै कार्यक्रम हलमा मनोरञ्जनमय बनाएका थिए ।
पहिलो पटक तमु धीं यूकेको बेलायत आएका आश्रम दोस्रो पटक करिब ६ महिनाअघि बेलायत भएका हुन् । उनी केही समयमै नेपाल फर्कंदै छन् ।
कार्यक्रममा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वर्तमान कार्यसमिति सचिव विमल गुरुङलगायत दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिति थियो ।


