काठमाडौँ । नयाँ देउसीभैलो गीत ‘मखमली फुल्यो मार्सी धान झुल्यो’ सार्वजनिक भएको छ । दीप फिल्म्स प्रोडक्सनको ब्यानरमा तयार गरिएको यो गीतले नेपाली सांस्कृतिक उत्सव देउसीभैलोको मौलिकतालाई झल्काएको छ ।
गीतमा शीतल गुरुङ, पवित्र गुरुङ र बिलन थापा मगरको स्वर रहेको छ । शब्द, संगीत र एरेन्ज पनि बिलन थापा मगरकै रहेको छ । ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ बिनोद परियारले गरेका हुन् ।
भिडियोको निर्देशन दीप गुरुङले गरेका हुन् । भिडियोमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, सुस्मिता गुरुङ, दीपशिखा गुरुङ, गंगा गुरुङ, प्रगति गुरुङ, आरती गुरुङ, विनीता राना मगर, सोनाम लामा र सुरज गुरुङको अभिनय रहेको छ ।
भिडियोमा कोरियोग्राफी आशिष गुरुङ, मेकअप हिमकुमारी गुरुङ, छायांकन विजय लामा र सम्पादन तथा रंग संयोजन पदम सुवेदीले गरेका छन् ।
गीतले नेपाली पर्व तिहारको उल्लासपूर्ण माहोल र ग्रामीण संस्कृति झल्काउने प्रयास गरेको छ । यो गीतको भिडियो दीप गुरुङ अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।