लन्डन । गुरुङ संस्कृतिमा अधारित नेपाली चलचित्र 'नैना'को यही जनवरी ८ तारिखम बेलायतमा प्रिमियर शो हुने भएको छ ।
एम्पायर हल अडरसटमा आइतबार दिउँसो २ बजेदेखि चलचित्र प्रदर्शन हुने तय भएको निर्माता तथा निर्देशक दीप गुरुङले जानकारी दिए । ‘नैना’दीप गुरुङ निर्देशित पहिलो चलचित्र हो । यो चलचित्र गत भदौ १८ मा पहिलो प्रदर्शन काठमाडौंमा भएको थियो । नैना तनहुँको आँबुखैरेनी, चितवन, गोरखाको सिरानचोकलगायत १३ ठाउँमा सफल प्रदर्शन भइसकेको छ ।
चलचित्र प्रदर्शनका लागि र तमु ल्होछार कार्यक्रमका लागि पुस ७ गतेदेखि नै कलाकार दीप गुरुङ, नायिका तथा मोडल लक्ष्मी गुरुङ र नायक आनन्द लन्डन लन्डनमा छन् ।
उनीहरु गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा बेलायत आएका हुन् । दिप गुरुङ मौलिक गीत/संगीत निर्देशनमा निकै चर्चा बटुलिरहेका छन् भने नव नायिका लक्ष्मी र नायक आनन्द पनि पछिल्लो चरणमा लोकप्रिय छन् ।
तीनै जना कलाकारहरुले चलचित्र नैना हेरिदिन बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई आग्रह गरेका छन् ।
गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङले पनि उक्त चलचित्र हलमै पुगेर हेरिदिन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, 'भाषाविद्हरुका अनुसार लोपोन्मुख अवस्थामा रहेको कुनै पनि भाषा, संस्कार, संकृति संरक्षण र प्रवर्द्धन हाम्रा धर्म गुरुहरुले पढ्ने मन्त्र, शुत्र, श्लोक र स्रोत्रहरु हामीले निर्माण गरेका गीतको भिज्युअल, चलचित्र र वृत्तचित्रबाट सजिलै गर्न र गराउन सकिन्छ भन्छन् । त्यसैले पनि गीत संगीत र चलचित्र मनोरञ्जनको साधनमात्रै नभै समाजलाई सुसुजित गर्ने एउटा सशक्त माध्यम पनि हो । यसको लागि तपाईं हामी सबै चलचित्र हलमा गएर चलचित्र हेरेमा यो सबै सम्भव हुने हो । त्यसैले आगामी आठ तारिख आइतबार एम्पायर हल अल्डरशट जाऔं "नैना" चलचित्र हेरेर सहयोग गरौं । यो समाजको हर नागरिकको दायित्व हो । यो चलचित्र गुरुङ संस्कृतिमा आधरित रहेको छ । बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई हार्दिक अनुरोध गर्दछु ।'
अन्य नेपालीले पनि सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमा नैना प्रदर्शनलाई सफल बनाइदिन अपिल गरेका छन् ।