पोखरा । गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ङोल्स्यो रानी पोखरामा पहिलो प्रदर्शन हुने भएको छ ।
विश्राम फिल्मस् प्रालिको प्रस्तुतिमा रहेको चलचित्र साउन २३ देखि २६ गतेसम्म पोखरा तेर्साट्टीस्थित श्रीकृष्ण चलचित्र हलमा प्रदर्शन हुने निर्माता जीवन गुरुङले जानकारी दिए ।
चलचित्रको लेखन तथा निर्देशन कमल बहादुर गुरुङले गरेका छन् भने कथा जीवन गुरुङको रहेको छ । अतिथि कलाकार माओत्से गुरुङ, मिरा गुरुङ, मनोज गुरुङ, आशिष गुरुङ, विक्रम राना, डिबी गुरुङ, टिकाराम घले, कुबिना घले, लालशोभा गुरुङ, खिम कुमारी गुरुङ, अनम गुरुङ, मोहन गुरुङ र टिना गुरुङको दमदार अभिनय रहेको छ ।
सम्पादन निकोलस गुरुङले गरेका छन् । सामाजिक कथावस्तुमा निर्मित चलचित्रमा समावेश गरिएको नृत्य निर्देशन पवित्रा गुरुङ र कमल गुरुङ, गीत कमल बहादुर गुरुङ, याम सारु मगर, मन क्षेत्रीको रहेको छ ।
संगीत/गायन राज बहादुर गुरुङ, ममता गुरुङ र मनोज थापा मगर रहेको कार्यकारी निर्देशक राज बहादुर गुरुङले जानकारी दिए ।